फक्सवागनले ल्यायो Unbeatable Festive Offer, ०.९९ प्रतिशतमै गाडी
काठमाडौं – फक्सवागन गाडीको लागि नेपालका लागि आधिकारिक वितरक पूजा...
काठमाडौं – नेपाली बजारमा चिनियाँ ब्रान्ड ग्रेटवाल औपचारिक रुपमा प्रवेश गरेको छ । आज एक कार्यक्रमका बीच ग्रेटवालको पोअर पिकअप र ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलका दुई एसयूभी जोलियन र एच६ सार्वजनिक गरिएका छन् ।
विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्सले यो ब्रान्डलाई नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । ह्यावल एच६ को मूल्य ९६ लाख ९९ हजार ९९९ र जोलियनको मूल्य ५५ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने पोअर पिकअपको मूल्य ६४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
राम्रो बनावट र प्रिमियम विशेषताले भरिपूर्ण थर्ड जेनेरेसन ह्यावल एच सिक्स (एच६) मा शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ । त्यसैगरी ह्यावल जोलियनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र पोअरमामा २.० लिटर टर्बो डिजेल इन्जिन रहेको छ ।
ह्यावल जोलियनमा आवश्यकता अनुसार स्ट्यान्डर्ड, स्पोर्ट, इकोनोमी र स्नो ड्राइभिङ मोडको प्रयोग गर्न सकिन्छ । यसमा भएको हलुका मेकानिकल बनावट, इन्धन किफायतीपना, मल्टी ह्विल च्यासिस ट्युनिङ आदिका कारण ड्राइभिङ सहज हुने बताइएको छ । यसको वाहिरी भाग निकै आकर्षक छ । यसको स्मार्ट र सार्प फ्रन्ट फेस, क्लासिक फेमिली क्रोम प्लेटेड हनिकम्ब ग्रिल र थप फेसनेबल ट्रेन्डले वाहिरी आकर्षण बढाएको मान्न सकिन्छ ।
गाडीमा ठूलो प्यानोरामिक सनरुफ, एलईडी हेडल्याम्प र १८ इन्चको आल्मुनियम अलोय ह्विल छ । गाडीमा १२.३ इन्चको स्मार्ट टचस्क्रिन, ७ इन्चको कलर कम्बिनेसन भर्चुअल इन्स्ट्रयुमेन्ट, वायरलेस चार्जिङ र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध छन् । बलियो बडी रहेको सो गाडीमा ६ एयरब्याग र अन्य विभिन्न सेफ्टी फिचर समेत उपलब्ध छन् ।
ह्यावल एच६ मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ, जसले २२४ एचपी पावर र ३८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्रन्ट ग्रिल, एलईडी डीआरएल स्ट्रिप सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प छ । त्यसैगरी १९ इन्चको अलोय ह्विल छ ।
पोअर पिकअपमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ, जसले१६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । ग्रेटवालको पोअर पिकअप दुई भेरिएन्टमा उपलब्ध छ । एउटा सनरुफ भएको र अर्को सनरुफ नभएको । एड्भान्स म्युजिक सिस्टम र सेफ्टी फिचर भएको पोअर फोर ह्विल ड्राइभयुक्त पिकअप हो ।
काठमाडौं – फक्सवागन गाडीको लागि नेपालका लागि आधिकारिक वितरक पूजा...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेश्नल नेपालले...
विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा जर्मन कार निर्माता फक्सवागन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...