नेपाली बजारमा पहिलो पटक भित्रियो सहरी यातायातमा नयाँ युगको सुरुवातका साथ टाटा म्याजिक बीएस६
नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौँ – भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत आगामी साउन १२ गते नेक्सन इभी सार्वजनिक गरीे नेपाली बजारमा विक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।
नेपालमा नेक्सन ईभी प्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ गरिसकेका केही ग्राहकहरुलाई साउन १२ गते देखि नै र त्यसपछि क्रमशः नेक्सन ईभीको विक्री वितरण गरिदैं जाने कम्पनीले बताएको छ ।
कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा https://www.tatamotors.com.np/tata-nexon-ev/ वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।
अत्याधुनिक जिÞपट्रोन प्रविधियुक्त नेक्सन ईभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवं आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरि लामो दुरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।
सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्ट्रिक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४ हजार ५ सय भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले हाल सम्म १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभीे सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी पनि हो ।
टाटा मोटर्सले नेपालमा इलेक्ट्रिक गाडीको प्रभावकारी संचालनको लागि पूर्ण ‘इकोसिस्टम’ विकास गर्ने लक्ष्य राखेको बताएको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिंङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।
नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइने छ ।
नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही...
नेपालमा प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा मात्र सीईओे अर्थात प्रमुख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...