पाँच वर्ष भन्दा पुराना सेकेन्ड ह्यान्ड कार खरिद गर्दा फाइदा हुन्छ कि नोक्सानी ?

आजकल सेकेन्ड ह्यान्ड कार खरिद गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यद्यपि सेकेन्ड ह्यान्ड कार खरिद गर्दा फाइदा हुन्छ कि नोक्सानी हुन्छ यसको बारेमा बुझ्नु आवश्यक छ । मानिसहरु आफ्नो कार ५ वर्ष वा सो भन्दा बढी ड्राइभ गरिसके पछि मात्र बिक्रीमा राख्छन् । यस्ता सेकेन्ड ह्यान्ड कार खरिद गर्दा के फाइदा वा बेफाइदा हुन्छ जान्नुहोस् ।

सस्पेन्शनमा खराबी हुन सक्छ
५ देखि ६ वर्ष पुराना कारहरू राम्रो अवस्थामा हुन्छ । तर पनि यस्ता कारको सस्पेन्शनमा केही खराबी हुन सक्छ । लामो समयको अन्तरालमा सस्पेन्शनमा समस्या आएको हुन्छ । कार धनीले सो समस्यालाई ठीक गरेमा यस्ता कार खरिद गर्न सकिन्छ ।

बडी डेन्ट र स्क्र्याच
१ वा २ वर्ष पुरानो कार खरिद गर्दा कारको बडी कन्डिसन राम्रो नै हुन्छ । तर त्यो भन्दा पुराना कार खरिद गर्दा कारको बडीमा विभिन्न समस्याहरु आउन सक्छ, जस्तै डेन्ट र स्क्र्याच आदि ।

माइलेज
५ देखि ६ वर्ष पुरानो कार खरिद गर्दा कारको सर्भिस रेकर्ड जाँच्नुहोस् । यदि कारको सर्भिस रेकर्ड छैन भने कारको इन्जिन सही हालतमा त हुन्छ तर माइलेज कम हुन सक्छ । सभिसिङ सही समयमा भएको छ भने कारको इन्जिन र माइलेज राम्रो हालतमा हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...