तेल भर्ने समय भन्दा कम समयमै ब्याट्री चार्ज गर्न सकिने ग्रेफिन टेक्नोलोजीयुक्त कार
विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि...
नेपाली बजारमा हालसम्म उपलब्ध इलेक्ट्रिक कार मध्ये हुन्डाई कोना र किया निरोले सर्बाधिक पावरफुल ईभीको पहिचान बनाएका छन् । यी दुवै एसयूभीमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । त्यसैगरी दुवै कारमा समान साइजको ब्याट्री प्रयोग भएको छ ।
दुवै कारमा ६४ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यी दुवै कारको माइलेज समेत एक प्रकारको छ । कम्पनीका अनुसार कोना र निरो दुबै एसयूभीले एकपटकको फुल चार्जमा ४८० किलोमिटर यात्रा तय गर्ने जनाइएको छ । ब्याट्री, मोटर पावर र माइलेज रेन्ज समान भएपनि निरोको तुलनामा कोना केही महंगो छ । निरोभन्दा कोना झन्डै २ लाखले महंगो पर्छ । कोनाको मूल्य ७१ लाख ९६ हजार निर्धारण गरिएकोमा किया निरोको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
यो सेग्मेन्टमा यी २ कारमात्र उपलब्ध रहेका कारण बजार समेत त्यत्ति साह्रो प्रतिस्पर्धी देखिदैन । कोनाको अर्को मोडल १०० किलोवाट क्षमतामा समेत उपलब्ध भएका कारण यसको मूल्य समेत कम छ । यी २ मोडलको मूल्यमा १५ लाख रुपैयाँको अन्तर छ । मूल्यमा ठूलो अन्तर भएका कारण नेपाली बजारमा कोनाका धेरै ग्राहक १०० किलोवाट क्षमताका छन् भने उता निरो मन पराउने ग्राहकका लागि अर्को विकल्प छैन । जसका कारण पनि यो सेग्मेन्टमा कोनाको तुलनामा निरोको बिक्री बढी छ ।
अन्य फिचर
हुन्डाई कोना र किया निरो दुबैमा एबीएस, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, एन्टी थेफ्ट अलार्म, ६ वटा एयरव्याग, डे÷नाइट रियरभ्यु मिरर, प्यासेन्जर साइड रियरभ्यु मिरर, सिटवेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बिम जस्ता फिचर पाउन सकिन्छ ।
त्यसैगरि, फ्रन्ट इम्प्याक्ट बिम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।
विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि...
चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको बजाजले अर्को नयाँ...
काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...