बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट
काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...
काठमाडौं – नेपाली बजारमा एसवाईएमको एड्भेन्चर डर्ट बाइक एनएचटी २०० भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा केजी इन्टरनेसनलले यो बाइक उपलब्ध गराएको हो ।
गत बैशाख महिनामै यो बाइक नेपाली बजारमा उपलब्ध हुने घोषणा गरिएको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो । अब कमलपोखरीस्थित सोरुम पुगेर यसको टेस्ट राइड गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
यो बाइकको मूल्य ५ लाख ४८ हजार ८८८ रुपैयाँ तोकिएको छ । केही दिनमै भर्चुअल लन्चमार्फत यो बाइक नेपालमा भित्रिएको औपचारिक जानकारी गराइने केजी इन्टरनेसनलले जनाएको छ ।
यो बाइकमा युरो फोर, १८३ सीसी फोर स्ट्रोक लिक्विडकुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १३.५ किलोवाट पावर र ७५०० आरपीएममा १५.७ एनएम टर्क जेनेरेट गर्छ । इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम रहेको सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा युनिट स्विङ आर्म रहेको छ ।
६–स्पिड गियरबक्समा उपलब्ध सो बाइकको अधिकतम स्पिड १२५ किमी प्रतिघण्टा रहेको छ । सिटको उचाई ८१० एमएम रहेको सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी छ । सुविधायुक्त सिट, एलसीडी डिस्प्ले, फ्रन्ट तथा रियर डिस्क ब्रेक, रोबस्ट च्यासिस तथा फुल एलईडी लाइट रहेको छ ।
अर्वान एक्सप्लोरका लागि डिजाइन गरिएको यो बाइक क्रसओभर एड्भेन्चर कलेक्सन हो । अगाडिको भिजिबिलिटी क्लियर देखिनका लागि यसमा भएको केही अपराइट राइडिङ पोस्चरले सहयोग गर्छ । त्यसैगरी बाइकमा भएको पेरिमिटर फ्रेम, सेन्टर सस्पेन्सन र सीबीएस सहितको फ्रन्ट तथा रियर डिस्क ब्रेकले आउटस्ट्यान्डिङ ह्यान्डलिङमा सहयोग गर्छ ।
बाइकमा भएको बिक र भाइजरले यसको एड्भेन्चर लुकलाई थप परिस्कृत बनाएको छ । फ्रन्टमा भएको १४० एमएम ट्राभल सस्पेन्सनले धेरै टेरेनहरुको यात्रामा सहयोग गर्छ ।
नेपाली बजारमा यो भन्दा पहिले पनि एसवाईएमका बाइक र स्कुटर भित्रिसकेका थिए । यद्यपि विभिन्न कारणले राम्रो बजार लिन नसक्दा बन्द हुन पुगेका थिए । केजी इन्टरनेसनल पनि नेपालमा अटोमोबाइल सम्बद्ध व्यवसायीहरुको समूह हो ।
काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...
क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...