सुबारुको माइलस्टोन : विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन

जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी उत्पादन गरेको आधिकारिक जानकारी दिएको छ । सुबारुका लागि यो उपलब्धिमूलक माइलस्टोल हो ।

सुबारुले जापानमा पहिलो पटक ४९ वर्ष पहिले लियोन फोरडब्ल्युडी इस्टेट भ्यान ल्याए पश्चात हाल यो उपलब्धि हासिल भएको हो । सन् १९७२ सेप्टेम्बरमा लियोन लन्च गरिएको थियो । पछि यसको उत्पादन बन्द गरियो । त्यस पश्चात इमप्रेजा र अन्य अल ह्विल ड्राइभ गाडी बजारमा उपलब्ध भएका थिए ।

हाल सुबारुले विश्वभर बिक्री गर्ने गाडी मध्ये ९८ प्रतिशत अल ह्विल ड्राइभ छन् । यी सबै अल ह्विल ड्राइभ मोडलमा सुबारुको सिमेट्रिकल एडब्ल्युडी सिस्टम फिचर उपलब्ध हुन्छ, जसमा कम्पनीले पेटेन्ट गरेको बक्सर इन्जिन प्रयोग गरिएको हुन्छ ।

उक्त सिमेट्रिकल ड्राइभट्रेनले सुपेरियर वेट ब्यालेन्स र लो सेन्टर अफ ग्राभिटीसँग समन्वय गरी स्टेबिलिटी र ट्रयाक्सन बढाउन सहयोग गर्छ । यसले गर्दा जुनसुकै कन्डिसनको रोडमा पनि सुपर्व ड्राइभिङ पर्फमेन्सलाई बढाउछ ।

यी गाडीमा ई–बक्सर पावरट्रेन समेत उपलब्ध हुन्छ, जसलाई सुबारुले आगामी दिनमा बजारमा ल्याउने तयारी गरिरहेको सोल्टेरा अल–इलेक्ट्रिक एसयूभीमा समेत प्रयोग गरिने छ ।

सुबारुले आगामी दिनमा समेत यो प्रविधिलाई अझै ग्राहकमैत्री बनाउदै बजारमा उपलब्ध गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...

चितवनमा एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

चितवनमा एसएमएल इसुजु ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न

चितवन – एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक...

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...