टीभीएसको महा एक्सचेन्ज मेला प्रारम्भ, चाडपर्वमा सवारी साधन अपग्रेड गर्ने सुनौलो मौका
काठमाडौं – दशैको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना...
टीभीएसले भारतीय बजारमा टीभीएस एनटर्क १२५ रेस एक्सपी स्कुटर लन्च गरेको छ । ८३ हजार २७५ भारु मूल्य तोकिएको सो स्कुटरमा नयाँ ट्राई–कलर पेन्ट स्किम उपलब्ध छ । स्कुटरमा स्पोर्टीनेस बढाउनका लागि रेस प्रेरित बडी डिकल उपलब्ध गराइएको छ भने स्पोर्टी रेड ह्विलले स्कुटरको लुकलाई अझै सानदार बनाएको छ ।
टीभीएस एनटर्क १२५ रेस एक्सपी स्कुटरमा अपडेट गरिएको स्मार्ट एक्सोकनेक्ट कनेक्टिभिटी फिचर र डुअल राइडिङ मोड छ । स्मार्ट एक्सोकनेक्ट पछिल्लो समयमा टीभीएसका धेरै बाइक र स्कुटरमा उपलब्ध एक विशेष ब्लुटुथ इनेबल्ड टेक्नोलोजी हो, जसलाई एक विशेष टीभीएस कनेक्ट मोबाइल एपसँग जोड्न सकिन्छ । एन्ड्रोइड र एप्पल दुवै प्लेटफर्ममा यो उपलब्ध छ ।
नयाँ स्कुटरमा भएको टीभीएस स्मार्ट एक्सोकनेक्ट फिचरमा पहिलो पटक आफ्नै भ्वाइस असिस्ट फिचर छ । यसमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइटनेस एड्जस्टमेन्ट र डु नट डिस्टर्ब जस्ता कनेक्टिभिटी फङ्सन उपलब्ध छन् । यो स्कुटरलाई १५ विभिन्न भ्वाइस कमान्ड दिन सकिन्छ, जसको सहयोगले राइडरले बोलेर मात्रै यसमा भएका फिचरलाई चलाउन र बन्द गर्न सक्छन् ।
टीभीएस एनटर्क १२५ रेस एक्सपीमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटी–एफआई) टेक्नोलोजीका साथ १२५ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले १०.२ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । यो ९८ किमी प्रतिघण्टाको टप स्पिडमा कुद्न सक्छ । यसलाई सेगमेन्टकै सबैभन्दा पावरफुल स्कुटर भएको दावी गरिएको छ ।
यो स्कुटरलाई रेस मोड र ड्राइभिङ मोड गरी दुई मोडमा चलाउन सकिन्छ । टीभीएसले यो स्कुटर आधुनिक प्रविधि मन पराउने युवा पुस्ताका लागि उपयुक्त हुने बताएको छ ।
काठमाडौं – दशैको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना...
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक...
सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...