विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको एमभी अगस्टाको बाइक नेपालमा

काठमाडौं – एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा भित्रिएको छ । एक कार्यक्रमका बीच एसजे मोटोले सो बाइक अनावरण गरेको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले सो बाइक सार्वजनिक गरे ।

विश्व प्रसिद्ध इटालियन ब्रान्ड एमभी अगस्टाको नियो रेट्रो रेसरको एक विशेष संस्करण र्नै सुपरभेलोस सिरी ओरो हो । एमभी अगस्टा एफथ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन छ, जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त छ । यसमा अत्याधुनिक प्रविधिका साथै ब्रान्ड भ्याल्यु पहिचान गर्ने सबै फिचर उपलब्ध छन् ।

सुपरभेलोस सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर पावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ ।

विश्वमा ३ सय युनिट मात्र उत्पादन भएको छ । त्यही मध्ये एक युनिट नेपाली बजारमा ल्याइएको र यो बिक्री समेत भइसकेको बताइएको छ । ३ सय मध्ये १४४ युनिट विश्वभर बिक्री भइसकेका छन् । यसको मूल्य ८६ लाख ९० हजार रुपैयाँ छ । नेपाली बजारमा यसको रेगुलर भेरिएन्ट भने बिक्रीका लागि उपलब्ध हुनेछ ।

एसजे मोटो नेपालमा नयाँ र आकर्षक सुपरबाइकहरुको सोरुम हो । यहाँ ऐतिहासिक सुपरबाइकहरु समेत पाइन्छन् । यहाँ अर्गानिक नेपाली कफि सप समेत छ । यहाँ एमभी अगस्टाका अन्य बाइक समेत उपलब्ध छन्

। बाइक बुकिङ गर्न चाहने ग्राहकले एसजे मोटोको सोरुममा गएर बुकिङ गर्न सक्ने बताइएको छ । त्यसैगरी एसजे मोटो ग्यालरीबाट पनि यसको बुकिङ गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

होन्डा वाइकमा नयाँ अफर, सात प्रदेशमा सात जनालाई स्मार्ट फोन र वम्परमा ७ लाख उपहार

होन्डा वाइकमा नयाँ अफर, सात प्रदेशमा सात जनालाई स्मार्ट फोन र वम्परमा ७ लाख उपहार

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...

होन्डा साइन अब १०० सीसी इन्जिनमा

होन्डा साइन अब १०० सीसी इन्जिनमा

होन्डा साइन अब १०० सीसी इन्जिनमा लन्च भएको छ । भारतमा सार्वजनिक गर्दै सो...

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा नयाँ बाइकको टिजर सार्वजनिक ग-यो, हन्टर ३५० लाई कडा प्रतिस्पर्धा दिने

होन्डा बिगविङले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो बाइकले रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...