पहिलो पटक जापानी इलेक्ट्रिक कार ६० लाख मूल्य सहित नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिमार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूति सहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ईभी उपलब्ध गराएको छ । शून्य उत्सर्जन अर्थात जिरो इमिसन विशेषता भएको निसान लिफ इलेक्ट्रिक कार निसानको उत्कृष्ट, भरपर्दो र आकर्षक डिजाइनको नयाँ उत्पादन हो । यो नेपालमा जापानबाट आयात हुने पहिलो विद्युतीय सवारी साधन हो ।

समाजमा सवारी साधन प्रयोग गर्ने ट्रेन्डमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पु¥याउने उद्देश्य निर्माता कम्पनीको भएको बताइएको छ । यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

निसान मोटर इंडियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निसानले नेपालमा दोश्रो जेनेरेसनको निसान लिफ सार्वजनिक गरेको हो । उनले भनेका छन्, ‘निसानको निसान इन्टेलिजेन्ट मोबिलिटी अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरणमैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ । दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकहरु प्रतिको आत्मविश्वास र उत्साहजनक जीवनलाई पनि निरन्तरता दिनेछौं ।’

लिफ इलेक्ट्रिक भेइकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन् ‘अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेइकल हो । शून्य प्रदूषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी साधन चालकदेखि यात्रुका लागि समेत सुविधा सम्पन्न र आरामदायी छ ।’ निसान लिफ ईभीले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजिकरण गर्ने पनि उनले बताए ।

निसान लिफको इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ स्टेसनबाट ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्ट ड्राइभिङ अन्तर्गत निसान लिफको ई–पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिंगल टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ । निसान लिफ ईभीबाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

काठमाडौं– चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५...

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवन – नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एएमएडब्लू वृद्धिले चितवनमा...

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

ब्रान्ड न्यू डिजाइनमा आयो हुन्डाई कोना, फिचरमा पनि व्यापक परिमार्जन

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय इभी कोनाको नयाँ जेनेरशेन सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...