फिचर थप भएर आयो टिगोर इभीको दुई नयाँ भेरिएन्ट, यस्तो छ मूल्य
टाटा मोटर्सले आज टिगोर इभीको दुई नयाँ भेरिएन्ट लन्च गरेको छ । यसअघि कारोबार...
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार नोभाक जोकोभिकलाई यसको टु ह्विलर इलेक्ट्रिक ब्रान्ड ई–लुडिक्सको ब्रान्ड एम्बेसडर बनाएको छ । जोकोभिक हालै एसोसिएसन अफ टेनिस प्रोफेसनल्सबाट विश्वकै नम्बर १ टेनिस खेलाडीको रुपमा छनोट भएका खेलाडी हुन् ।
प्युजो मोटरसाइकल विश्वकै सबैभन्दा पुरानो स्कुटर निर्माता कम्पनी मध्ये एक हो । सन् २०२० मा यसले २१०औं बर्षगाँठ मनाएको थियो ।
प्युजो ई–लुडिक्स विशेष गरी सहरी यातायातका लागि निर्माण गरिएको इलेक्ट्रिक स्कुटर हो । यो क्लासिक प्युजो लुडिक्सको इलेक्ट्रिक भर्सन हो । बोस कम्पनीले विकसित गरेको लिथियम आयोन ब्याट्री यसमा प्रयोग गरिएको छ, जसमा १.६ किलोवाट आवरको स्टोरेज क्षमता छ भने सिंगल चार्जमा ५० किलोमिटरको दुरी पार गर्छ ।
यसको ब्याट्रीलाई निकालेर पनि प्रयोग गर्न सकिन्छ । घरमा भएको सामान्य सकेटबाट यसलाई ३ घण्टामा ८० प्रतिशत र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
ई–लुडिक्समा ४.४ इन्चको एलसीडी डिस्प्ले छ, जसमा ब्याट्री चार्ज लेवल, करेन्ट कन्जम्सन, फोरकास्ट रिमेनिङ रेन्ज आदि सबै हेर्न सकिन्छ । यसमा बुस्ट, इको, क्रुज र क्रल गरी चार राइडिङ मोड रहेको छ ।
युरोपेली बजारमा यो स्कुटर धेरै प्रयोगमा छ ।
टाटा मोटर्सले आज टिगोर इभीको दुई नयाँ भेरिएन्ट लन्च गरेको छ । यसअघि कारोबार...
इन्डोनेसियामा चलिरहेको पेरिकलिन्डा इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा...
अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले मन पर्ने टप २०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...