पाँचौ पुस्ताको किया स्पोर्टेज एसयूभी ग्लोबल डेब्यु : यस्तो छ विशेषता

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी कियाले किया स्पोर्टेजको पाँचौ जेनेरेसन विश्वव्यापी रुपमा डेब्यु गरेको छ । कम्पनीले स्पोर्टेजको सो नयाँ मोडलमा ड्राइभर–केन्द्रित डिजाइन भएको दाबी गरिएको छ । जसमा इन्टिग्रेटेड डिस्प्ले गरिएको छ र कनेक्टिभिटी टेक्नोलोजी समावेश गरिएको छ । नयाँ स्पोर्टेजमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम पनि समावेश गरिएको छ । साथै कारको इन्टेरियर र इन्जिनमा पनि परिवर्तन गरिएको छ ।

क्याबिन र फिचर
स्पोर्टेजको लेटेस्ट जेनेरेसन मोडल नयाँ आर्किटेक्चरको साथमा विकसित गरिएको छ । साथै सो एसयूभीमा प्रिमियम इन्टेरियरको साथै ड्राइभर केन्द्रित डिजाइन भएको दावी गरिएको छ । जसलाई गोलाकार डिस्प्लेद्वारा हाइलाइट गरिएको छ । सो इन्टिग्रेटेड डिस्प्ले विभिन्न प्रकारको कनेक्टिभिटी टेक्नोलोजीको साथमा उपलब्ध रहेको छ ।

यो १२ इन्च ठूलो छ र यसमा पातलो टचस्क्रिन प्याड रहेको छ । साथै यसमा लेटेस्ट जेनेरेसनको फुल पातलो फिल्म ट्रान्जिस्टर लिक्विड क्रिस्टल डिस्प्ले समावेश गरिएको छ । नयाँ स्पोर्टेजको क्याबिनको अन्य महत्वपूर्ण हाइलाइटमा सफ्ट टच स्विचको साथमा सेन्टर कन्सोल, अपरेटिङ सिस्टम कन्फिगरेशन, कपहोल्डर र स्टोरेज समावेश गरिएको छ । यसमा वायरलेस फोन चार्जिङको लागि पनि व्यवस्था पनि गरिएको छ ।

सेफ्टी फिचर
सो एसयूभीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम टेक्नोलोजी समावेश गरिएको छ । सो कारमा ड्राइभर एयरब्याग, प्यासेन्जर एयरब्याग, साइड कर्टेन एयरब्याग र लो साइड एयरब्याग उपलब्ध रहेको छ । सो एसयूभीमा ड्राइभिङ असिस्ट पनि समावेश गरिएको छ । सो एसयूभीमा स्मार्ट क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट कोलिजन अभोइडेन्स असिस्ट, ब्लाइन्ट स्पोट भ्यु मोनिटर र रिमोट स्मार्ट पार्किङ असिस्ट पनि समावेश गरिएको छ ।

इन्जिन र पावर
नयाँ स्पोर्टेज एसयूभीमा १.६ लिटर टिजीडीआई इन्जिन समावेश गरिएको छ । सो इन्जिनले १७७ एचपीको पावर र २६५ एनएमको टर्क जेनेरेट गर्छ । यसको साथै सो एसयूभीमा पावरफुुल आर२.० लिटर डिजेल इन्जिनको विकल्प पनि रहेको छ । जसले १८३ एचपीको पावर र ४१६ एनएमको टर्क जेनेरेट गर्छ । १.६ लिटरको टिजीडीआई इन्जिनको साथमा ७–स्पिड डुअल क्लच अटोमेटिक ट्रान्समिसन र ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध रहेको छ । जबकि आर२.० लिटर डिजेलको साथमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । स्पोर्टेज रेन्जमा हाइब्रिड (एचईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) मोडेल पनि हुनेछ ।

साइज
नयाँ किया स्पोर्टेजको लम्बाई ४,६६० एमएम, चौडाई १,८६५ एमएम, उचाई १,६६० एमएम र ह्वीलबेस २,७५५ एमएम रहेको छ । सो एसयूभीमा ६३७ लिटरको बुट स्पेस रहेको छ ।

एक्सटेरियर र डिजाइन
सो कारमा ब्रान्डको नयाँ फ्ल्यागसिप ईभी६ इलेक्ट्रिक कारको प्रभाव पनि देखिएको छ । कियाको नयाँ डिजाइन ल्याङवेजलाई अपोजिट्स युनाइटेड भनिन्छ । यो नयाँ स्पोर्टेजको एक्सटेरियर डिजाइनको रूपमा देख्न सकिन्छ । यसैकारण सो एसयूभी निकै आक्रामक देखिएको छ ।

सो कारको फ्लोटिङ साइडलाइन पनि पहिलाको भन्दा स्पोर्टी देखिएको छ । एसयूभीको माथि बडी पनि रि–डिजाइन गरिएको छ । जसले यो पहिलेको भन्दा कम्प्याक्ट देखिएको छ । नयाँ स्पोर्टेजमा १७, १८ र १९ इन्चको टायर समावेश गरिएको छ र यो भेरिएन्ट तथा स्पेकमा निर्भर रहेको छ ।

सम्बन्धित समाचारहरू

ट्याक्सीका लागी कियाले ल्यायो निरो इभीको छुट्टै भेरियन्ट

ट्याक्सीका लागी कियाले ल्यायो निरो इभीको छुट्टै भेरियन्ट

कोरियन अटो निर्माता कियाले ट्याक्सिका लागी निरो इभीको छुट्टै भेरियन्ट...

कियाले चाँडै नै नयाँ एसयूभी ल्याउँदै, स्केच सार्वजनिक

कियाले चाँडै नै नयाँ एसयूभी ल्याउँदै, स्केच सार्वजनिक

कियाले चाँडै नै भारतमा अर्को एसयूभी ल्याउने भएको छ । हालको लागि कम्पनीले...

सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार आउँदै

सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार आउँदै

कार निर्माता कम्पनी कियाले भारतमा १४ इलेक्ट्रिक कारहरू लन्च गर्ने योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...