होन्डा हाइनेस सीबी ३५० डीएलएक्स सोल्ड आउट, अब बुकिङ गर्नेले एक महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको होन्डाको हाइनेस सीबी ३५० बाइकको स्टक सकिएको छ । नेपाली बजारका लागि पहिलो पटक भित्र्याइएको सबै बाइकको स्टक सकिएको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले जनाएको छ ।

होन्डा हाइनेस सीबी ३५० का दुई भेरिएन्ट मध्ये नेपाली बजारमा डीएलएक्स भेरिएन्ट बिक्रीका लागि उपलब्ध गराइएको छ । लकडाउन केही खुकुलो हुन थालेको समयमा यो बाइक नेपाली बजारमा भर्चुअल रुपमा लन्च गरिएको थियो । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएका थियो र लकडाउनकै बीचमा बुकिङ गर्नेका लागि ५० हजार छुट उपलब्ध गराइएको थियो ।

अब भने यो बाइक बुकिङ गर्ने ग्राहकले आगामी अगस्ट महिना सम्म पर्खिनु पर्ने कम्पनीको भनाइ छ । आकर्षक रेट्रो लुक्स, ३५० सीसीको इन्जिन र मोडर्न फिचर्सले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको छ ।

३००० आरपीएममा ३० एनएम टर्क र ५५०० आरपीएममा २१.०७ पीएसको अधिकतम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टु एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकर सहितको एलईडी हेडल्याम्प र टेलल्याम्प, एसिस्ट एन्ड स्लिपर क्लच, डिजिटल मिटर आदि फिचर यसमा उपलब्ध छन् ।

नेपाली बजारमा प्रतिवर्ष करिव ३ हजार क्रुजर बाइक बिक्री हुने गरेको र यो वर्ष करिव १ हजार हाइनेस सीबी ३५० बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको स्याकार ट्रेडिङका म्यानेजिङ डाइरेक्टर सौरभ ज्योतिले बताए ।

सम्बन्धित समाचारहरू

यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ भेरियो १६० स्कुटर

यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ भेरियो १६० स्कुटर

होन्डा भेरियो १६० इन्डोनेसियाली बजारमा लन्च गरिएको छ । यो सीबीएस र ड्युअल...

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, होन्डा र एमजीका नयाँ एसयूभी

हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्न लन्च गरिदै फक्सवागन, होन्डा र एमजीका नयाँ एसयूभी

मिड साइज एसयूभी सेगमेन्टको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । हालै सो...

होन्डा एसपी १२५ बीएस६ को खुल्यो बुकिङ, मूल्य २ लाख ७८ हजार ९००

होन्डा एसपी १२५ बीएस६ को खुल्यो बुकिङ, मूल्य २ लाख ७८ हजार ९००

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...