एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल बैशाख १६ गते निषेधाज्ञा जारी गरिए पश्चात भित्रिएको होन्डाको बाइक हाइनेस सीबी ३५० र निषेधाज्ञा भन्दा पहिले नेपाली बजारमा भित्रिएको जावाको पेराकको मूल्य एउटै छ । यी दुवै बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

जावाको बाइकको मूल्यले धेरै चर्चा नपाए पनि होन्डाको बाइकको मूल्य भने महंगो भएको धेरैले गुनासो गरेका थिए । तर पनि पहिलो लटमा नेपाल भित्रिएका सबै बाइक सोल्ड आउट भएको होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले जनाएको छ । जावाको पेराक बाइकको वारेमा भने खासै केही चर्चा छैन ।

होन्डा हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

१५ लिटर इन्धन ट्यांक क्षमताको होन्डा हाइनेस सीबी ३५० बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । यो मोटरसाइकलमा ३५० सीसीमा फर्स्ट इन सेगमेन्ट होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल छ, जसलाई स्विच अन र अफ गर्न सकिन्छ । सामान्यतः पानी परेको अवस्थामा अलिकति एक्सेलरेटर नमिल्दा चिप्लेर लड्ने सम्भावना हुन्छ । यो अवस्थामा टर्क कन्ट्रोल ग¥यो भने चिप्लिदैन, ह्विल स्पिन कन्ट्रोल हुन्छ ।

होन्डा हाइनेस सीबी ३५० डिलक्स

त्यसैगरी यसमा बीएस६ मापदण्डयुक्त फ्युल इन्जेक्सन सिस्टम छ । यसले गर्दा सेन्सरको सहायताले प्रशस्तै मात्रामा इन्धन इन्जिनमा जान्छ । तीव्र गति वा सुस्त गति दुवै अवस्थामा आवश्यकता अनुसारको इन्धन प्रवाह गरी पावरलाई बढाउछ ।

यसमा भएको अर्को फिचर स्लिपर असिस्ट क्लच हो । असिस्ट क्लचले गर्दा क्लच हल्का हुन्छ । एउटा औलाले पनि हलुका रुपमा बाइकलाई चलाउन सकिन्छ र हेभी ट्राफिकको अवस्थामा हातमा असर पुग्दैन । स्लिपर क्लचको कारणले मोटरसाइकल नहल्लिने र सहज तरिकाले चलाउन सकिन्छ । यसको अभावमा डाउन सिफ्ट गरेर मोटरसाइकल चलाउदा अन्य अवस्थामा झकझक गरेर हल्लिने हुन्छ । स्लिपर क्लचको कारणले इन्जिन जर्किङ न्यून हुन्छ ।

मोटरसाइकल चलाउदा कम्फर्टेबल र स्मुथ छ । ड्युअल च्यानल एबीएस, स्पिडोमिटरमा विभिन्न डिजिटल फिचर छ । हेर्दा भिन्टेज लुक भए पनि त्यसमा माथि उल्लिखित फिचर वाहेक मोबाइल चार्जिङ, साइड स्ट्यान्ड इन्डिकेटर, डिस्टेन्स टु माइलेज, रियल टाइम फ्युल एफिसियन्सी, गियर पोजिसन इन्डिकेटर, ब्याट्री भोल्टेज इन्डिकेटर, इको इन्डिकेटर आदि विभिन्न फिचर यो मोटरसाइकलमा उपलब्ध छन् ।

जावा पेराक

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्डर्स र चप्ड पाइप) तथा त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ । पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोर्क्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा ड्युअल च्यानल एबीएस पनि पाइन्छ ।

सम्बन्धित समाचारहरू

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

फास्ट चार्जिङ सुविधा सहित इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै हाेन्डा

होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ।...

होन्डाको मिनी इलेक्ट्रिक कार ‘एन–वन ईः’ सार्बजनिक, यस्तो छ विशेषता

होन्डाको मिनी इलेक्ट्रिक कार ‘एन–वन ईः’ सार्बजनिक, यस्तो छ विशेषता

होन्डाले आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार, एन–वन ई सार्बजनिक गरेको छ ।...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...