वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

काठमाडौं – वर्षातको मौसम प्रारम्भ भइसकेको छ । यो अवस्थामा सडक मार्गबाट एक स्थानदेखि अर्को स्थान जानका लागि समस्या हुन सक्छ । विशेष गरी बिग्रिएको सडकका कारण बीच बाटोमै अलपत्र पर्ने सम्भावना पनि हुन्छ ।

यो अवस्थामा घरैमा बसेर सडकको अवस्था हेर्न सकियो भने कति सजिलो होला ? यसका लागि सडक विभागले अवरुद्ध सडकखण्डको विषयमा अनलाइन लाइभ अपडेटमार्फत जानकारी दिँदै आएको छ । यहाँ क्लिक गरेर विभागको सम्भार शाखाले सुरु गरेको लाइभ अपडेट थाहा पाउन सकिन्छ ।

गुगल डक्सको एक्सेल शिटमा उपलब्ध गराइएको लाइभ अपडेटमा अवरुद्ध सडक, आंशिक सुचारु र पूर्णरुपमा सुचारु भएको अवस्था देख्न सकिन्छ । गुगल शिट खोलिसकेपछि राजमार्गको नाम भएको सूचीमा जानु पर्छ ।

आफूले जानकारी लिन चाहेको राजमार्ग रोजेर त्यस अघिल्तिर क्रमशः सडक अवरुद्ध भएको समय, सडक सुचारु हुने अनुमानित समय, हालको अवस्था, सडक सुचारु भएको समय, सम्पर्क व्यक्ति तथा कार्यालय प्रमुखको नम्बर र सडक सुचारु गर्न भइरहेको प्रयास आदिको जानकारी पाउन सकिन्छ ।

यो वर्ष गत जेठ ३० देखि यसरी लाइभ अपडेट प्रारम्भ भएको हो ।

सम्बन्धित समाचारहरू

हिरो स्प्लेन्डरको कन्भर्सन किटलाई एआरएआईले गर्यो प्रमाणित

हिरो स्प्लेन्डरको कन्भर्सन किटलाई एआरएआईले गर्यो प्रमाणित

हिरो स्प्लेन्डरलाई इलेक्ट्रिकमा रुपान्तरण गर्न आबश्यक कन्भर्सन किटलाई...

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

विद्युतीय गाडीमा थप छुट हुने, एलसी खुल्ने

काठमाडौं – सरकारले विद्युतीय गाडीमा थप छुट दिने निर्णय गरेको छ ।...

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सबमा स्काइवेलको १ करोडको गाडी डेलिभरी

चितवन महोत्सवमा स्टल राखिएको स्काइवेलको स्टलमार्फत नेपालमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...