असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै टीभीएसले ल्यायो ‘साथ छ हाम्रो’ योजना

काठमाडौं – कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहज बनाउँदै अघि बढ्न टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘साथ छ हाम्रो’ योजना अघि ल्याएको छ ।

यस योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँ पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसै गरी किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सीमित अवधिसम्म शून्य प्रतिशत ब्याजदरको समेत विशेष सुविधा रहेको छ ।

आउँदो केही समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना रहेको समेत जगदम्बा मोटर्सले संकेत गरेको छ । हाल अन्य ब्रान्डले मूल्य वृद्धि गरिरहेको समयमा टीभीएसले पनि साउन लागे पछि मूल्य वृद्धि गर्ने संकेत गरेको छ ।

पुरानै र सस्तो मूल्यमा नयाँ सवारीसाधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकवर्गमा यो योजना निकै नै आकर्षक रहेको कम्पनीले बताएको छ । यस योजना देशका सम्पूर्ण टीभीएस सोरुमहरुमा लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

अपाचेको २० औं वर्षगाँठमा टीभीएसले ल्यायो नयाँ अपाचे आरटीआर २०० ४भी

अपाचेको २० औं वर्षगाँठमा टीभीएसले ल्यायो नयाँ अपाचे आरटीआर २०० ४भी

टीभीएस मोटर कम्पनीले आफ्नो चर्चित मोटरसाइकल अपाचेको २० औं वर्षगाँठको...

पहिलो रोनिन कल्ट राइड सफलतापूर्वक सम्पन्न

पहिलो रोनिन कल्ट राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले...

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको रोनिनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...