सबैभन्दा सानो इलेक्ट्रिक कार भारतीय बजारमा आउने, नेपालमा पनि आउन सक्ने

भारतकै सबैभन्दा सानो मानिने इलेक्ट्रिक कार स्ट्रोम आर३ भारतमा लन्च हुने भएको छ । सो कारको मूल्य ४ लाख ५ हजार भारु तोकिएको छ । यसमा दुई जना व्यक्ति बसेर यात्रा गर्न सकिन्छ ।

सो कारमा लिथियम आयोन व्याट्री समावेश गरिएको छ । यसमा प्रयोग गरिएको व्याट्रीमा १ लाख किलोमिटर वा ३ वर्षको वारेन्टी दिइएको छ । कम्पनीले सो कारको लागि १० हजार भारुमा बुकिङ शुरु गरेको छ । सो कार १ महिना पछि लन्च गर्ने सम्भावना रहेको छ ।

स्ट्रोम आर३ को टप स्पिड ८० किलोमिटर प्रतिघन्टा रहेको छ । सो कारले फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ । स्ट्रोम आर३ को १५ए पावर आउटलेटको माध्यमले ब्याट्रीलाई ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ । सो कारमा ३ ड्राइभिङ मोड इको, नर्मल र स्पोर्टस् मोड रहेको छ ।

सो कारमा १२ इन्चको अलोय ह्विल र आउटसाइड रियरभ्यू मिरर समावेश गरिएको छ । स्ट्रोम आर३ ४ रङ इलेक्ट्रिक ब्लु, नियन ब्लु, रेड र ब्ल्याकमा उपलब्ध रहेको छ । आर३को लम्बाई २९०७ एमएम, चौडाई १४५० एमएम, उचाई १५७२ एमएम र ह्विलवेस २०१२ एमएम रहेको छ ।

भारतको मुम्बईमा अवस्थित स्टार्ट अप कम्पनी स्ट्रोम मोटर्सले यो कार उत्पादन गर्नेछ । यो भन्दा पहिले सो इलेक्ट्रिक कार सार्वजनिक गरिएको थियो । अब भने उत्पादन मोडल नै बजारमा आउने बताइएको छ ।

भारतमा राम्रो बजार लिन सकेको खण्डमा आगामी दिनमा यो कार नेपालमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईको आकाशमा पहिलो पटक उड्यो अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी

दुबईमा पहिलो पटक अल–इलेक्ट्रिक फ्लाइङ ट्याक्सी उडेको छ । दुई सिटे एक्सपेङ...

हाइब्रिड र इलेक्ट्रिक कारमा के भिन्नता छ?

हाइब्रिड र इलेक्ट्रिक कारमा के भिन्नता छ?

सवारी साधनका लागि नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । पछिल्लो समयमा...

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च

ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...