यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी
टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...
ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत खर्चको कारण ग्राहकहरु बीच यस्ता कार लोकप्रिय बन्दै छन् । मारुती सुजुकी, टाटा र हुन्डाई जस्ता कम्पनीले सस्तो मूल्यमा कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेका छन् । सो कम्प्याक्ट एसयूभीको सुरुवाती मूल्य ५ लाख भारु हुनेछ ।
हुन्डाईको माइक्रो एसयूभी
हुन्डाईले नयाँ माइक्रो एसयूभी चाँडै लन्च गर्ने भएको छ । रिपोर्टका अनुसार सो कार के१ प्लेटफर्ममा आधारित हुनेछ, जहाँ स्यान्ट्रो कार निर्माण गरिएको थियो । यद्यपि कम्पनीले सो माइक्रो एसयूभीको लन्चको बारेमा केही जानकारी दिएको छैन । रिपोर्टका अनुसार सो कारको शुरुवाती मूल्य ४ लाख ५ हजार देखि ५ लाख भारु हुनेछ ।
सुजुकीको नयाँ सेलेरियो
मारुती सुजुकी सेलेरियो कम्पनीको सबैभन्दा सस्तो अटोमेटिक गियरबक्स भएको कार हो । कम्पनीले सो कारको सेकेन्ड जेनेरेसन मोडल लन्च गर्ने तयारी अवस्थामा रहेको छ । सो कार पहिलो पटक सन् २०१४ मा लन्च गरिएको थियो । यद्यपि कम्पनीले सो कारको जेनेरेसन मोडल लन्चिङको खुलासा गरेको छैन ।
कम्पनीको सो नेक्स्ट जेनेरेसन मोडल हार्टटेक प्लेटफर्ममा तयार पारिनेछ, जहाँ एस–प्रेसो र वागनआर निर्माण गरिएको थियो । रिपोर्टका अनुसार नयाँ सेलेरियोको क्याबिन स्पेस ठूलो हुनेछ । कम्पनीले सो कारको शुरुवाती मूल्य ४ लाख ५ हजार देखि ६ लाख ५ हजार भारु तोक्ने सम्भावना रहेको छ ।
टाटा एचबीएक्स
टाटा मोटर्सले माइक्रो एसयूभी एचबीएक्स लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले गतवर्ष अटो एक्सपोमा एचबीएक्स कोडनेमको माइक्रो एसयूभी कन्सेप्ट पेश गरेको थियो । कम्पनीले सो एसयूभीको जानकारी सार्वजनिक गरेको छैन । रिपोर्टका अनुसार सो नयाँ माइक्रो एसयूभीको मूल्य ५ लाख भारु हुनेछ ।
टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...
काठमाडौं – नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ ।...
काठमाडौं–टाटा मोटर्सले २०२५ को सबैभन्दा बढी प्रतीक्षा गरिएको कारहरू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...