काठमाडौंको सोरुममा सजिए नयाँ ब्रान्ड ग्रेटवाल र ह्यावलका गाडी, औपचारिक लन्च छिट्टै हुने

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड ग्रेटवाल र ह्यावलका सवारी साधन भित्रिएका छन् । नेपालको लागि आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले थापाथलीस्थित सोरुममा यो ब्रान्डका सवारी साधन सजाएर राखेको छ ।

स्थिति सहज भए पछि औपचारिक लन्च गर्ने तयारीमा रहेका यी सवारी साधन नेपाली बजारका लागि नयाँ हुनेछन् । ग्रेटवालका सवारी साधन यो भन्दा पहिले पनि भित्रिएका थिए भने ह्यावल ब्रान्ड पहिलो पटक नेपाल भित्रिएको हो ।

हाल ग्रेटवालको पोअर पिकअप र ह्यावलका जोलियन र एच६ एसयूभी भित्रिएका छन् ।

पोअर पिकअपमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ, जसले१६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । ग्रेटवालको पोअर पिकअप दुई भेरिएन्टमा उपलब्ध छ । एउटा सनरुफ भएको र अर्को सनरुफ नभएको । एड्भान्स म्युजिक सिस्टम र सेफ्टी फिचर भएको पोअर फोर ह्विल ड्राइभयुक्त पिकअप हो ।

ह्यावल एच६ मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ, जसले २२४ एचपी पावर र ३८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्रन्ट ग्रिल, एलईडी डीआरएल स्ट्रिप सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प छ । त्यसैगरी १९ इन्चको अलोय ह्विल छ ।

ह्यावल जोलियन १४९७ सीसी इन्जिनयुक्त गाडी हो । यसमा भएको टर्बोचार्जिङ टेक्नोलोजीले १४० एचपी पावर र २२० एनएम टर्क जेनेरेट गर्छ । गाडीमा ३६० डिग्री क्यामेरा छ । यसको सहयोगले गाडीको चारैतिर स्पष्टसँग देख्न सकिन्छ । लेन ट्रयाकिङ, अटो गियरसिफ्ट, भेन्टिलेटर, हिटेड सिट, इलेक्ट्रोनिक एड्जस्टेबल सिट आदि यसमा भएका राम्रा फिचर हुन् । मर्सिडिज, बीएमडब्ल्यु आदि गाडीमा उपलब्ध गियर नब यसमा राखिएको छ । यो गाडीमा नर्मल, स्ट्यान्डर्ड, सिटी, स्पोर्ट, स्नो र ग्राभेल गरी ६ वटा ड्राइभ मोड रहेको छ ।

हाल यी गाडीको मूल्य सार्वजनिक गरिएको छैन । यद्यपि ह्यावल जोलियनको मूल्य ६० लाख र एच६ को मूल्य ९० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ...

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय कम्पनी कोमाकीको क्रुजर...

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...