मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने

काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० लन्च हुने भएको छ । प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भर्चुअल लन्चमार्फत सो गाडी नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।

बुधबार बेलुकी ४ बजे फेसबुक लाइभमार्फत सो गाडी सार्वजनिक गरिने छ । यो भन्दा पहिले गत बैशाख १५ गते नै सो गाडी सार्वजनिक गर्ने तयारी भएको थिएन । तर निषेधाज्ञाका कारण कार्यक्रम स्थगित भएको थियो ।

मलेसियामा १.८ टीजीडीआई इन्जिनमा प्रोटोन एक्स७० उपलब्ध छ । नेपाली बजारमा भने प्रोटोन एक्स७० १.५ लिटर टीजीडीआई टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले २५५ एनएमको टर्क जेनेरेट गर्छ । यो सेगमेन्टमै सबैभन्दा धेरै टर्क हो ।

त्यसैगरी भल्वो र जिलीको सहकार्यमा विकास गरिएको र यसमा भएको ७–स्पिड डीसीटी ट्रान्समिसनले थोरै सिफ्ट रेस्पोन्स टाइममै धेरै इफिसियन्सी दिन्छ । नेपाली सडकलाई उपयुक्त हुने गरी यसमा टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सन प्रयोग गर्न सकिने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडिया र कम्पनीको वेबसाइटमा उल्लेख गरिए अनुसार यो गाडीमा ६ एयरब्याग, ईबीएस र बीए सहितको एबीएस, अटो हेडलाइट र वाइपर, फ्रन्ट डोर ह्यान्डलमा रहेको एक्टिभ टच सेन्सर सहितको किलेस इन्ट्री, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टम सहितको क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल्ली फोल्डेबल विङ मिरर, एलईडी डीआरएल सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी फगल्याम्प र १८ इन्चको अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

पहिलो एओजी नाइट राइड सम्पन्‍न

पहिलो एओजी नाइट राइड सम्पन्‍न

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र...

टीभीएस जुपिटर १२५ को नयाँ संस्करण चाँडै बजारमा, अन्तिम तयारीमा कम्पनी

टीभीएस जुपिटर १२५ को नयाँ संस्करण चाँडै बजारमा, अन्तिम तयारीमा कम्पनी

टीभीएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर जुपिटर १२५ को नयाँ संस्करण चाँडै...

टीभीएसले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र विशेषता

टीभीएसले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र विशेषता

टीभीएसले आफ्नो ईभी लाइनअपमा नयाँ स्कुटर थपेको छ । कम्पनीले अर्विटर नामक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...