टु ह्विल टुरिङ : बाइकमा कसरी जाने पाथीभरा ?
ताप्लेजुङ जिल्लाको पहाडी भागमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । हिन्दु र...
काठमाडौं – मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर स्पोर्ट्सकै नवीनतम कार्यक्रम स्कुल्स टु ट्रयाक (Schools to Track) नेपालका स्कुल तथा कलेजमा संचालन गर्ने भएको छ ।
मोटर स्पोर्ट्सको विश्व गभर्निङ्ग बडी एफआईए अर्थात फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल्सको सहयोग तथा मोटर स्पोर्ट्सको विश्व विख्यात ब्रान्ड फर्मुला वानको अभियान एफवान इन स्कुल्स (F1 in Schools) को नेपाली भर्सन स्कुल्स टु ट्रयाक (Schools to Track) शुरु गर्न लागिएको हो ।
नेपालका स्कुल कलेजका २०० विद्यार्थीमाझमा चलाइने यो अभियानको सुरुवाती चरणमा STEM Challenge अन्तर्गत एफवान इन स्कुल्स सम्बन्धी तालिम दिइने र फाइनल राउण्डमा ३० जनाको प्रयोगात्मक तालिम र जुनियर स्तरको कार्टिङ्ग प्रतियोगिता आयोजना गरिने नासा नेपालले जनाएको छ । इन्जिनियरिङ तथा व्यवस्थापन कलेजका महिला विद्यार्थीहरु बीचमा हुने सो अभियान यही जुन देखि आगामी डिसेम्बर सम्ममा संचालन गरिने बताइएको छ ।
कुल ९५ लाख रुपैयाँ खर्च लाग्ने सो अभियानमा एफआईएको तर्फबाट ७० लाख बराबरको आर्थिक तथा प्राविधिक सहयोग हुनेछ भने बाकीँ रकम नासा नेपाल, सम्बन्धित कलेज तथा प्रायोजकहरुबाट उठाइने कार्यक्रम संयोजक तथा नासा नेपालका उपाध्यक्ष अनिल बरालले बताए ।
ताप्लेजुङ जिल्लाको पहाडी भागमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । हिन्दु र...
काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत...
सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...