लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र (लाइसेन्स) का लागि सोधिने ५ सय वटा प्रश्नोत्तर संग्रह सार्वजनिक गरेको छ । आगामी दिनमा यो संग्रहबाटै परीक्षार्थीलाई प्रश्न सोधिने छ ।

विभागले लिने लिखित परीक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।

लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि यातायात व्यवस्था विभागले यस्तो संग्रहको सूची तयार पारेको हो ।

सवारीचालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।

वर्ग ए र के (मोटरसाइकल, स्कुटर, मोपेड) को प्रश्न पढ्न यहाँ क्लिक गर्नुुस् ।
वर्ग बी (कार, जिप तथा डेलिभरी भ्यान) को प्रश्न पढ्न यहाँ क्लिक गर्नुुस् ।

केहि महिना अघि सवारी चालक अनुमाति पत्र निर्देशिका जारी भएपछि ट्रायल परीक्षा समेतलाई सरलीकृत गरिएको छ । तर, अहिले लाइसेन्स आवेदन रोकिएको कारण अंक प्रणालीमा ट्रायल परीक्षा हुन सकेको छैन ।

यसअघि गत चैत १९ गते मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाइसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भइसकेको छ ।

सम्बन्धित समाचारहरू

अब लाइसेन्स दस्तुर दोब्बर

अब लाइसेन्स दस्तुर दोब्बर

काठमाडौं – गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को...

निर्वाचनको असर : मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द

निर्वाचनको असर : मंसिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द

काठमाडौं – आगामी मंसिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि...

कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

कलैयाबाटै सवारी चालक अनुमति पत्र वितरण हुने

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय बाराले अब कलैयाबाट सवारी अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...