नेपाली बजारमा भित्रियो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट
काठमाडौं – नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ...
नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार दीगो ई६ को मूल्य हाल २१ लाख ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ । दीगो ग्रुप अफ कम्पनिजले उपलब्ध गराएको सो इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो इलेक्ट्रिक कार मध्ये एक हो ।
विद्युतीय सवारी साधनका लागि बैंकहरुले ८० प्रतिशत सम्मको फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । यसका आधारमा शुरुमा डाउन पेमेन्टको रुपमा ४ लाख ३८ हजार ९ सय रुपैयाँ बुझाउन सकिन्छ । बाँकी रकम ५ देखि ७ वर्ष सम्म मासिक किस्ताको रुपमा बुझाउन सकिन्छ ।
दीगो ग्रुप अफ कम्पनिजका अनुसार बैंकको ब्याजदर र किस्ता तिर्ने समय अनुसार मासिक किस्ता रकम फरक पर्न सक्छ । पछिल्लो समयमा धेरै बैंकहरुले इलेक्ट्रिक गाडीको लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी समेत गरिरहेका छन् । यसले गर्दा ब्याजदर आगामी दिनमा अझै सस्तो पर्ने अनुमान समेत गरिएको छ ।
दीगो ई८ कारमा १५.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसमा १५ किलोवाट क्षमताको मोटर छ । सिंगल चार्जमा यसले १५० किलोमिटर माइलेज दिन्छ । एनईडीसी अनुसार यसको क्षमता २०० किलोमिटर सम्म छ ।
घरको सामान्य चार्जिङ प्लगमा समेत जोडेर चार्ज गर्न मिल्ने भएकाले दीगो ई८ को नेपाली बजारमा विशेष महत्व छ । हालको मूल्य अनुसार प्रति किलोमिटर १ रुपैयाँ १० पैसा मात्र विद्युत खर्च लाग्ने भएकाले दीगो ई८ किफायती इलेक्ट्रिक कार पनि मानिन्छ ।
काठमाडौं – नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ...
काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको...
इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...