हुन्डाइको नयाँ वर्ष २०७८ योजना असार ३१ सम्म थप, गाडी किन्दा विशेष सुविधा पाइने

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ असार ३१ गते सम्म विस्तार गरेको छ ।

पहिले यस योजनाको अवधि २०७७ चैत १९ देखि २०७८ बैशाख १७ सम्म रहेको थियो । कोभिड महामारी र निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो । ग्राहकलाई मध्यनजर राखि यस योजना असार ८ गतेदेखि ३१ गतेसम्म पुनः सुचारु गरिएको कम्पनीको भनाइ छ ।

यस योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत ७८ हजार रुपैयाँ सम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा रहेका छन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड–१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिने बताएको छ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

हुन्डाईले ल्यायो ‘डिसेम्बर डिलाइट’, गाडी खरिदमा ६ लाख सम्मको छुट

काठमाडौँ — हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

ठूलो ह्विलबेस, बढी माइलेज र दमदार इन्जिन सहित हुन्डाई अल्काजार सार्वजनिक

ठूलो ह्विलबेस, बढी माइलेज र दमदार इन्जिन सहित हुन्डाई अल्काजार सार्वजनिक

दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको लेटेस्ट एसयूभी अल्काजारको...

हुन्डाईको आधुनिक शोरूम वीरगन्जमा, ग्राहक सेवा थप सुलभ भएको दाबी

हुन्डाईको आधुनिक शोरूम वीरगन्जमा, ग्राहक सेवा थप सुलभ भएको दाबी

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...