दैनिक कोटा तोकेर लाइसेन्स नवीकरण, राजस्व संकलन र वितरण प्रारम्भ

काठमाडौं – काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालयहरुले सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षाथीहरुको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणको काम सुरु गरेका छन् ।

सरकारले कोरोनाको महामारीले गर्दा गरेको निषेधाज्ञा खुकुलो गरेसँगै उक्त काम पनि सुरु भएको हो । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिण भएका परिक्षार्थीको राजस्व संकलन र सवारीचालक अनुमतिपत्र वितरणका काम सुरु भएको बताएको छ ।

यसको लागि कोटा भने निर्धाराण गरिएको छ । सवारीचालक अनुमतिपत्र नवीकरण दैनिक ७०, ट्रायल परीक्षा उत्तिर्ण भएका परिक्षार्थीको राजस्व संकलन दैनिक ७० र सवारीचालक अनुमतिपत्र वितरण दैनिक २०० वटा मात्रै हुनेछ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय वागमती प्रदेश ललितपुरले असार १० देखि सेवा सुचारु हुने जनाएको छ । ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट दैनिक १०० १०० जनाको सवारी चालक अनुमति पत्र नवीकरण र ट्रायल पास राजस्व संकलन गरिने छ भने २०० जनाको अनुमति पत्र वितरण गरिने छ ।

यसको लागि भने सरकारले निर्धारण गरेको स्वास्थ्यको मापदण्ड पुरा गर्नुपर्ने छ ।

सम्बन्धित समाचारहरू

निर्वाचन पश्चात जेठ ४ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, १५ दिनमै ट्रायल लिइने

निर्वाचन पश्चात जेठ ४ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, १५ दिनमै ट्रायल लिइने

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि १५ दिन भित्रै...

प्रधानमन्त्रीको प्रतिबद्धता : सवारी दर्ता तथा ब्लुबुक नवीकरणको काम अनलाइनबाटै गर्ने व्यवस्था मिलाउँछौं

प्रधानमन्त्रीको प्रतिबद्धता : सवारी दर्ता तथा ब्लुबुक नवीकरणको काम अनलाइनबाटै गर्ने व्यवस्था मिलाउँछौं

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सवारी...

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...