सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल
काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या...
काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ अन्त्य सम्मा गर्ने वारेमा छलफल हुनेछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले वर्तमान परिस्थितिलाई मध्यनजर गरी निषेधाज्ञा खुले पछि यसको वारेमा छलफल गरिने बताए ।
दुलालका अनुसार कोभिड–१९ संक्रमणमा कमी आउदै गरेमा भदौमा गर्न सकिन्छ कि भन्ने वारेमा छलफल हुनेछ । यदि सम्भव नभएमा मंसिर सम्ममा गर्ने तयारी पनि हुनेछ । दुलाल भन्छन्, ‘सरकारले मंसिरमा निर्वाचन पनि गराउने भयो र खोप पनि सबै जनतालाई उपलब्ध गराउने व्यवस्था ग¥यो भने मंसिरमा अटो शो हुने सम्भावना रहन्छ ।’
यदि त्यो पनि सम्भव नभएमा यो वर्षभर चैत महिना सम्म कुनै पनि समयमा अटो शो गर्न सकिने दुलालले बताए । नाडा यो वर्ष अटो शो गर्नका लागि प्रतिवद्ध भएको दुलालको भनाइ छ ।
२०३२ सालमा स्थापना भएको नाडाले सन् १९९८ देखि आयोजना गर्दै आएको नाडा अटो शोले धेरैको ध्यान तान्ने गरेको छ । पहिले दुई दुई वर्षमा हुने गरेको नाडा अटो शो करिव १० वर्ष पहिले देखि प्रत्येक वर्ष हुँदै आएकोमा कोभिड–१९ को कारण गत वर्ष सम्पन्न हुन सकेन भने यो वर्ष पनि अनिश्चित बनेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...