यस्तो छ भारतमा लन्च भएको नयाँ एसयूभी हुन्डाई अल्काजार

दक्षिण कोरियाको कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारमा हुन्डाई अल्काजार लन्च गरेको छ । हुन्डाई अल्काजारको सुरुवाती मूल्य १६ लाख ३० हजार भारु रहेको छ । सो कारको टप भेरिएन्टको मूल्य २० लाख भारुसम्म रहेको छ ।

कम्पनीले सो कार तीन ट्रिम्स प्रेस्टिज, प्लाटिनम र सिग्नेचरमा लन्च गरेको छ । यसको सबै भेरिएन्टमा अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । भारतीय बजारमा हुन्डाई अल्काजारको प्रतिस्पर्धा एमजी हेक्टर प्लस, टाटा सफारी र महिन्द्रा एक्सयूभी७०० सँग हुनेछ ।

हुन्डाई अल्काजारमा ६ सीटर र ७ सीटरको विकल्प रहेको छ । कम्पनीले सो कार १२ भेरिएन्टमा लन्च गरेको छ । सो कार भारतमा पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । सो कारको २.० लिटर पेट्रोल इन्जिनले १५७ पीएसको अधिकतम पावर र १९१ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसको १.५ लिटर डिजेल इन्जिनले ११३ पीएसको अधिकतम पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

सो दुबै इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन समावेश गरिएको छ । यसको साथै दुबै इन्जिनमा ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।

सो कारको २.० लिटर पेट्रोल इन्जिनले म्यानुअल ट्रान्समिसनमा १४.५ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । यसको अटो ट्रान्समिसनले १४.२ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ । साथै यसको १.५ लिटर डिजेल इन्जिनको म्यानुअल ट्रान्समिसनले २०.४ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ भने अटो ट्रान्समिसनले १८.१ किलोमिटर प्रति लिटरको माइलेज प्रदान गर्छ ।

हुन्डाई अल्काजारको लम्बाई ४५०० एमएम, चौडाई १७९० एमएम, उचाई १६७५ एमएम र ह्वीलबेस २७६० एमएम रहेको छ । हुन्डाई क्रेटाको तुलनामा यो कार २०० एमएम लामो र १५० एमएम उचाई बढी रहेको छ । क्रेटाको तुलनामा यसको ह्वीलबेस १५० एमएम बढी रहेको छ ।

सम्बन्धित समाचारहरू

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी...

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ ।...

हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई क्रेटा अव हाइब्रिड पावरट्रेनमा पनि आउने

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...