आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

हुन्डाईले तीन पंक्ति भएको हुन्डाई अल्काजार लन्च गर्ने भएको छ । सो कार खरिद गर्नको लागि २५ हजार भारुमा बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ । लन्चिङ पछि भारतमा सो कार टाटा सफारी, एमजी हेक्टर प्लस र महिन्द्रा एक्सयूभी५०० सँग प्रतिस्पर्धा गर्नेछ । सो कारको बारेमा केही जानकारी सार्वजनिक भएको छ ।

हुन्डाई अल्काजारमा १०.२५ इन्चको मल्टी डिस्प्ले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पहिलो पटक समावेश गरिएको छ । सो कार ६ र ७ सिटिङ लेआउटको साथमा प्रस्तुत गरिनेछ । ७ सिटर भर्सनमो दोस्रो पंक्तिको बीचमा फोल्डिङ आर्मरेस्टको साथमा बेन्च सिट उपलब्ध रहेको छ । जबकि ६ सीटर भर्सनको दोस्रो पंक्तिमा क्याप्टेन सिट रहेको छ । यसमा वान टच टिप एन्ड टम्बल फिचर पनि उपलब्ध रहेको छ । जसले कार भित्र पस्न र निस्कन सजिलो बनाउँछ ।

सो कारको सिटको दोस्रो पंक्तिको सेन्टर कन्सोलमा वायरलेस स्मार्टफोन चार्जर पनि समावेश गरिएको छ । उक्त कन्सोलमा एक इन्टिग्रेडेट आर्मरेस्ट र दुई कप होल्डर पनि रहेको छ । कारको फ्रन्ट सिटको पछाडि फोल्डिङ टेबल र रिटया«क्टेबल कप होल्डर पनि समावेश गरिएको छ । अल्काजारको क्याबिनमा ब्ल्याक र ब्राउन कलर थिम समावेश गरिएको छ ।

अल्काजार दुई इन्जिन विकल्पको साथमा उपलब्ध हुनेछ । जसमा पहिलो २.० लिटर पेट्रोल इन्जिन रहेको छ । सो इन्जिनले १५९ पीएसको पावर र १९२ एनएमको टर्क जेनेरेट गर्छ । दोस्रो १.५ लिटर टर्बाे डिजेल इन्जिन रहेको छ । जसले ११५ पीएसको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।

सो कार एक प्रिमियम बोस साउन्ड सिस्टमको साथमा उपलब्ध हुनेछ । जसमा ८ स्पिकर हुनेछ । सो कारमा ३६० डिग्री क्यामेरा पनि समावेश गरिएको छ ।

अल्काजार को–प्रेस्टीज एमटी, प्रेस्टीज ओ एटी, प्लाटिनम एमटी, प्लाटिनम ओ एटी, सिग्नेचर एमटी र सिग्नेचर ओ एटी भेरिएन्टमा पेश गरिनेछ । जसमा बेस प्रेस्टीज एमटी ट्रिम ६ र ७ सिटर कन्फिगरेसनको साथमा उपलब्ध हुनेछ । जबकि प्रेस्टीज ओ ६ सिटर पेट्रोल मोडल र ७ सिटर डिजेल मोडलमा उपलब्ध हुनेछ । प्लाटिनम ७ सिटर कन्फिगरेसनमा मात्र उपलब्ध हुनेछ ।

सो कार ६ सिंगल टोन पेन्ट विकल्प र दुई डुअल टोन पेन्ट विकल्पमा उपलब्ध हुनेछ । हुन्डाई अल्काजारमा स्पोर्ट, कम्फर्ट र इको गरी तीन ड्राइभिङ मोड रहेको छ । सो कारमा तीन ट्रयाक्शन कन्ट्रोल मोड स्नो, स्यान्ड र मड समावेश गरिएको छ ।

सो कारमा ठूलो प्यानोरमिक सनरुफ पनि जडान गरिएको छ । अल्काजारको रियर डिजाइनमा केही परिवर्तन गरिएको छ । यहाँ एलईडी टेललाइटलाई नयाँ रुप दिइएको छ र टेलगेटको सेन्टरमा क्रोम स्ट्रिप समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर

हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई एक्साभेटरमा दशैं अफर, ५ लाखसम्मको नगद लाभ

हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक...

नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने

नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने

काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...