यस्तो हुनेछ नयाँ मारुती सेलेरियोको लुक, लन्चिङ पहिले इन्टरनेटमा भाइरल

मारुती सुजुकीले फेस्टिभल सिजनमा न्यु जेनेरेसन मारुती सुजुकी सेलेरियो लन्च गर्ने तयारी अवस्थामा छ । लन्चिङ भन्दा पहिला नै सो ह्याचब्याक कारको फोटो इन्टरनेटमा सार्वजनिक भएको छ । यद्यपि सो कार परीक्षणको समयमा पनि देखा परेको थियो । नयाँ मारुती सेलेरियो हार्टटेक प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । सो टेक्नोलोजीको प्रयोग एस–प्रेसो, वागनआर र स्विफ्टमा पनि गरिन्छ ।

नयाँ सेलेरियो हाल उपलब्ध मोडल भन्दा ठूलो र बढी क्याबिन स्पेसको साथमा उपलब्ध हुनेछ । यसको साथै सो कारको डिजाइन निकै आकर्षक हुनेछ । नयाँ सेलेरियोमा १.० लिटर थ्री सिलिन्डर के१०बी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । जसको प्रयोग हाल उपलब्ध मोडलमा पनि गरिएको छ । सो इन्जिनले ६८ पीएसको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ सेलेरियोको फिचरको बारेमा केही आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । हाल उपलब्ध मोडलमा ब्लुटुथ इन्टरटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, सिट हाइट एड्जस्ट, पावर विन्डो र म्यान्युअल एसी जस्ता फिचर उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

नेपाल भित्रिदै सुजुकी एभेनिस : टीभीएस एनटर्क, यामाहा रे जीआर र होन्डा डियोको प्रतिस्पर्धी बन्ने

काठमाडौं – नेपाली बजारमा सुजुकीको नयाँ स्कुटर एभेनिस भित्रिने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...