मारुती सुजुकीको नयाँ अल्टो २०२२ मा आउने

मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा भारतीय सडकमा देखा परेको छ । कम्पनीले सो कार २०२१ मा लन्च गर्ने योजना बनाएको थियो । तर, कोभिड – १९ को कारणले गर्दा यसको लन्चिङ समय सारिएको छ ।

रिपोर्टका अनुसार नयाँ अल्टो २०२२ को बीचमा लन्च गर्ने सम्भावना रहेको छ । अर्थात् सो कार जुलाई अगस्तको बीचमा लन्च गर्नेछ । भारतमा सो कारको लोकप्रियतालाई ध्यानमा राखेर कम्पनीले सो कारको नेक्स्ट जेनेरेसन मोडल लन्च गर्न लागेको हो ।

नयाँ अल्टोमा केही परिवर्तन देख्न सकिन्छ । रिपोर्टका अनुसार नयाँ मोडल हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ । जसको प्रयोग वागन आर र एस–प्रेसोमा पनि गरिएको छ । सो कारमा ६६० सीसी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ४९ बीएचपीको पावर जेनेरेट गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...