बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं - आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ ।

विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, ‘यसपालि विद्युतीय सवारीसाधनमा निकै सहज हुनेगरी सरकारले दिनसक्ने जति सुविधा दिएको छ । अब कार्यान्वयन पक्ष राम्रो हुनुपर्छ ।’

बजेटमा काठमाडौँ उपत्यकाभन्दा बाहिर बुटवल, पोखरा, चितवन, विराटनगर, इटहरी, कोहलपुरलगायतका प्रमुख सहरमा पनि विद्युतीय बस सञ्चालन गरिने नीतिगत व्यवस्था गरिएको छ ।

अध्यक्ष थापा भन्छन्, ‘आवश्यक राहत सहुलियतको व्यवस्था भएको छ । कर छुट भएको छ, पहिला २६ लाख पर्ने कार अब १८ लाख रुपियाँसम्ममा पाउन सकिन्छ ।’ चार्जिङ स्टेसन निर्माणको थालनी, चार्जिङ शुल्क निर्धारण गरी पूर्वाधारका काम पनि सुरु भएकाले आगामी वर्षमा विद्युतीय सवारी साधनको सङ्ख्या निश्चित बढ्ने उनको भनाइ छ ।

निषेधाज्ञा खुलेपछि सुन्दर यातायातले एसेम्बल प्लान्ट राख्ने र विद्युतीय बस पनि थप्ने योजना बनाएको छ । एसेम्बल प्लान्टका लागि रुपन्देहीको सैनामैना नगरपालिकामा १० बिघा जग्गाको व्यवस्था भइसकेको अध्यक्ष थापाले जानकारी दिए । सुन्दर यातायातले थप २५ वटा सार्वजनिक विद्युतीय बस चीनबाट ल्याउने जनाएको छ । ती बस कोलकाता आइसकेको र कोरोना महामारीका कारण रोकिएको थापाको भनाइ छ ।

२८ करोडका बस थन्किए
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिकमा सिंहदरबारबाट पाँचवटा विद्युतीय बसको उद्घाटन गरेका थिए । ती बस सम्झौताभन्दा कम गुणस्तरका भएकाले सञ्चालनमा आउन सकेनन् । चीनबाट खरिद गरिएको भने पनि ती बस भारतमा बनेको छानबिनपछि खुलेको थियो । बसहरू एसियाली विकास बैङ्क (एडीबी)को २८ करोड रुपियाँमा अनुदानमा बीवाईडी साइमेक्सले खरिद गरेको थियो ।

इन्धनको बचत र वातावरणमैत्री
विद्युतीय सवारी इन्धनको बचत र वातावरणमैत्री हुने भएकाले सरकारले विगत तीन वर्षदेखि प्रोत्साहनको नीति लिएको थियो । सरकार आफैँले सार्वजनिक विद्युतीय बस सञ्चालन गर्ने पहल पनि भएको छ । हाल साझा यातायातमार्फत सरकारी बस ल्याउने काम अघि बढेको छ । सरकारले अघिल्ला बजेटमै विद्युतीय बसलाई प्राथमिकता दिँदै आएको छ तर यसपटक भने हौसला प्रदान हुनेगरी बजेटले व्यवस्था गरेको सुन्दर यातायातको दाबी छ ।

बागमती प्रदेश सरकार, काठमाडौँ र ललितपुर महानगरपालिकाले पनि सार्वजनिक विद्युतीय बस सञ्चालन गर्ने योजना अघि सारेका छन् । विद्युतीय सवारी साधन ध्वनि र धुवाँमुक्त हुन्छ । जसले गर्दा वातावरण र मानिसको स्वास्थ्यका लागि उपयुक्त छ । वातावरणमैत्री हुन्छ, इन्धन बचतका हिसाबले पनि यो पेट्रोल डिजेलको उपयुक्त विकल्प हो ।

इन्धनबाट चल्ने गाडीले ३५ सयदेखि चार हजार रुपियाँसम्मको इन्धन खर्च गर्दा विद्युतीय गाडीले सात सय रुपियाँको विद्युत् खर्च गर्दछ ।

अध्यक्ष थापाका अनुसार विद्युतीय बसमा इन्धनबाट चल्ने गाडीमा जस्तो यात्रुलाई टाउको दुख्ने, बमन हुने हुदैन । यात्रुलाई कोलाहलको सामना गर्नुपर्दैन । खुला ठाउँ धेरै हुने भएकाले आरामदायी यात्रा हुन्छ । प्रविधिमैत्री पनि भएकाले भाडा विद्युतीय भुक्तानीबाट गर्न सकिन्छ । -गाेरखापत्र

सम्बन्धित समाचारहरू

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

काठमाडौं–लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्सले बाजी मारेको छ ।...

सञ्चालन खर्च र अन्य चुनौतीका कारण पेट्रोलियम गाडी विस्थापनमा कठिनाई हुन सक्ने

सञ्चालन खर्च र अन्य चुनौतीका कारण पेट्रोलियम गाडी विस्थापनमा कठिनाई हुन सक्ने

आर्थिक बर्ष २०७८।०७९ को बजेटले नेपालमा चारपांग्रे सवारी साधनको बजारलाई...

१५ हजार छुटमा लेक्ट्रो ई–साइकल, डाउनपेमेन्ट नगरी मासिक किस्तामा लिन सकिने

१५ हजार छुटमा लेक्ट्रो ई–साइकल, डाउनपेमेन्ट नगरी मासिक किस्तामा लिन सकिने

लेक्ट्रो ई–साइकलको सी५ मोडल खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...