टाटा नेक्सनको २ लाखौ कार रोल आउट, यस्तो छ टाटा नेक्सनको मूल्य र फिचर

टाटा मोटर्सले भारतमा आफ्नो २ लाखौ कार रोल आउट गरेको छ । टाटाको लोकप्रिय मानिने सब–कम्प्याक्ट एसयूभी नेक्सनलाई पुनेस्थित रन्जनगाउँ प्रोडक्सन प्लान्टमार्फत सार्वजनिक गरिएको हो ।

यो भन्दा पहिले टाटा मोटर्सले सन् २०२० नोभेम्बरमा नेक्सनको १ लाख ५० हजारौं कार रोल आउट गरेको थियो । सन् २०१७ मा लन्च गरिएको टाटा नेक्सन एसयूभीले सन् २०१८ सेप्टेम्बरमा ५० हजारौं कार रोल आउट गरेको थियो । त्यसको एक वर्ष पश्चात एक लाखौ कार सार्वजनिक गरिएको थियो ।

हाल टाटा नेक्सनको केही डिजेल भेरिएन्ट र टेक्टोनिक ब्लु कलर भेरिएन्टको बिक्री बन्द गरिएको छ । नेपाली बजारमा समेत टाटा नेक्सन लोकप्रिय कारमा गनिन्छ ।

१२ सय सीसी इन्ज्नि क्षमता भएको नयाँ नेक्सनमा आईआरए जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ बिशिष्ट विशेषताहरु भएको नेक्सन ६ वटा रङहरुमा उपलब्ध छ ।

नेपाली बजारमा टाटा नेक्सन एसयूभी विभिन्न ७ भेरिएन्टमा उपलब्ध भएको छ । यसको मूल्य ३९ लाख ९५ हजार देखि ५२ लाख ५५ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा मोटर्सले टिगोर ईभीको नाम परिवर्तन गरेको छ । कम्पनीले उक्त इभीको नाम...

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

के महिन्द्रा बीई६ एसयूभी टाटा कर्भ ईभीसँग प्रतिस्पर्धा गर्न सक्षम छ ?

महिन्द्राले भारतीय बजारमा बीई ६ई एसयूभी लन्च गरिसकेको छ । कम्पनीले सो कार...

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

बाढी पीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

काठमाडौं – सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...