फेसबुक लाइभमा आउँदै सौरभ ज्योति, नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा चर्चा हुने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको नयाँ बाइक होन्डा हाइनेस सीबी ३५० को वारेमा जानकारी दिनका लागि आज नेपाल अटोको फेसबुक लाइभमा चर्चित व्यवसायी सौरभ ज्योति आउने भएका छन् ।

ज्योतिले सो बाइकको वारेमा विस्तृत जानकारी प्रस्तुत गर्नुका साथै उनको बाइकिङ अनुभव समेत प्रदान गर्नेछन् । दिउँसो २ बजे नेपाल अटोको फेसबुक पेज मार्फत लाइभ कार्यक्रम हेर्न र प्रतिक्रिया जनाउन सकिने छ ।

सौरभ ज्योति होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष हुन् । उनले नेपालमा उपलब्ध विभिन्न ब्रान्डका महंगा र पुराना बाइकहरु समेत संग्रह गरेका छन् । ज्योतिले केही दिन पहिले कान्तिपथस्थित नेपालकै पहिलो बाइक म्युजियम एसजे मोटो समेत सञ्चालनमा ल्याएका छन् ।

सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० डीएलएक्स भेरिएन्टमा उपलब्ध छ ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

होन्डाले पुरा गर्यो ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन

होन्डाले पुरा गर्यो ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन

होन्डा इन्डिायले ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन पुरा गरेको...

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

नेपाली बजारमा भित्रियो होन्डाको अर्को बाइक सीबी ३५० आरएस, मूल्य र विशेषता यस्तो

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता...

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

यामाहा, टीभीएस र होन्डाका बीएस६ मोटरसाइकल स्कुटर, यस्तो छ बीएस४ र बीएस६ मूल्य अन्तर

भारतमा डेढ बर्षअघि नै बीएस६ मापदण्डलाई अनिवार्य गरिएपनि नेपालमा भने बीएस४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...