किया साइरोस दुई इन्जिन विकल्पमा आउने, १७ दिनपछि ग्लोबल डेब्यु हुँदै
कियाले भारतिय बजारमा समेत लन्च गर्ने तयारी गरेको नयाँ एसयूभी साइरोस १७...
दक्षिण कोरियाली कम्पनी कियाले स्पोर्टेज एसयूभीको नेक्स्ट जेनेरेसन मोडल आधिकारिक रुपमा सार्वजनिक भएको छ । कम्पनीले यसको तस्बिर जारी गरेकोे छ । किया स्पोर्टेज एसयूभीको तस्बिर अनुसार सो कारको एक्सटेरियरमा केही परिवर्तन भएको देख्न सकिन्छ ।
नयाँ प्रिमियम ५ सीटर एसयूभी स्पोर्टेजमा नयाँ डिजाइनको प्रयोग गरिएको छ । यसमा ब्रान्डको नयाँ फ्ल्यागसिप ईभी६ इलेक्ट्रिक कारको स्टाइलको पनि प्रभाव परेको देख्न सकिनछ । सो एसयूभी कियाको नयाँ डिजाइन फिलोसोफीमा आधारित नयाँ मोडल हुनेछ । यसको कारण सो एसयूभीको लुक एग्रेसिभ र आकर्षक डिजाइनको हुनेछ ।
रिपोर्टका अनुसार नयाँ किया स्पोर्टेज २०२२ मोडल जुलाईमा अन्तरराष्ट्रिय बजारमा बिक्रीको लागि उपलब्ध हुनेछ । कम्पनीले सबैभन्दा पहिला घरेलु बजार दक्षिण कोरियामा यसको बिक्री गर्नेछ ।
२०२२ किया स्पोर्टेज एसयूभीको लागि एन३ प्लेटफर्मको प्रयोग गरिनेछ । सो प्लेटफर्मको प्रयोग नयाँ हुन्डाई टक्सन र किया के५ एसयूभीमा पनि गरिएको थियो । स्पोर्टेज एसयूभीको अगाडि बडी ग्रिलको साथमा सिधा रेखा रहेको छ । यसमा बुमरेङको आकारमा एलईडी डे टाइम रनिङ लाइट समावेश गरिएको छ, जसको पछाडि मेन हेडलाइट रहेको छ ।

सो एसयूभीको माथिको बडी पनि रिडिजाइन गरिएको छ । यो पहिला भन्दा बढी कम्प्याक्ट भएको छ । सो कारमा २०२२ किया स्पोर्टेज एक्स–लाइन भर्सन पनि हुनेछ । साथै यसमा विशेष डिजाइनको साथमा फरक फ्रन्ट बम्पर, ग्लास ब्ल्याक फिनिश, रुफ बार र स्पष्ट रियर स्पोइलर पनि समावेश गरिएको छ ।
कियाले २०२२ स्पोर्टेजको इन्टेरियरमा गियर लिभरलाई रोटरी गियर सेलेक्टरको साथमा परिवर्तन गरेको छ । गियरमा ड्राइभिङ मोडको विकल्प, सीटको हिटिङ र भेन्टिलेशन कन्ट्रोल समावेश गरिएको छ ।
सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डुअल स्क्रिन ड्यासबोर्डको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर समावेश गरिएको छ । सो कारको प्यासेन्जर साइड ड्यासबोर्ड पनि निकै आकर्षक रहेको छ ।
कियाले भारतिय बजारमा समेत लन्च गर्ने तयारी गरेको नयाँ एसयूभी साइरोस १७...
भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल...
कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...