बहुप्रतिक्षित होन्डा सीबी-३५० डीएलएक्स अब नेपालमा, मूल्य साढे ७ लाख

काठमाडौं - नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतिक्षित होन्डाको सीबी-३५० डीएलएक्स सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो बाइकलाई सोमबार नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होन्डाको सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सीबी-३५० डीएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त छ ।

३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् । नेपाली बजारमा यस सीबी-३५० डीएलएक्सको मूल्य सात लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डाले तयार पार्यो क्रेटासंग प्रतिस्पर्धा गर्न नयाँ मिड साइज एसयुभी आरएसको कन्सेप्ट

होन्डाले तयार पार्यो क्रेटासंग प्रतिस्पर्धा गर्न नयाँ मिड साइज एसयुभी आरएसको कन्सेप्ट

जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी...

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

होण्डाको ‘दशैंमा १० लाख’ योजना छठ पर्वसम्म उपलब्ध हुने

काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार...

होन्डाको लोकप्रिय स्कुटर ग्राजिया, बिएस४ र बिएस६ मा मूल्यको अन्तर नै ५२ हजार रुपैयाँ

होन्डाको लोकप्रिय स्कुटर ग्राजिया, बिएस४ र बिएस६ मा मूल्यको अन्तर नै ५२ हजार रुपैयाँ

होन्डा नेपाली टु ह्विलर बजारमा सर्बाधिक रुचाइएको ब्रान्ड हो । मोटरसाइकल र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...