यस्तो छ नेपाली बजारमा भित्रिएको होन्डाको एनएक्स २००
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ ।...
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले औपचारिक रुपमा नेपाली बजारमा होन्डा हाइनेस सीबी ३५० बाइक भित्र्याएको छ । आज देखि बिक्री प्रारम्भ हुने सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यद्यपि निषेधाज्ञाको अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकका लागि ५० हजार रुपैयाँ छुट उपलब्ध गराइने कम्पनीको भनाइ छ । नजिकको होन्डा सोरुम वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिने छ । बुकिङका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० डीएलएक्स भेरिएन्टमा उपलब्ध हुनेछ ।
१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।
हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ ।...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा दुई नयाँ मोटरसाइकल...
काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...