चाइनिज बजारमा हस्कभर्ना भिट्पिलेन जस्तै फेकन टीटी २५० बाइक

हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके मोटर्सले फेकन टीटी २५० ल्याएको छ । यसमा २५० सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसमा लिक्विड कुल्ड सिस्टम छ ।

हस्कभर्ना बाइक जस्तै यो बाइकको मिटर कन्सोल, स्टिल फ्रेम, यूएसडी फोर्क र समग्र स्टाइलमा धेरै समानता छ । यद्यपि यसमा सिंगल साइडेड स्विङग्राम जस्ता फरक विशेषता पनि रहेका छन् ।

रोचक कुरा के छ भने फेकन टीटी २५० को इन्जिन झेजियाङ चुङफेङले बनाएको हो, जुन चाइनिज अटोमोबाइल ब्रान्ड सीएफमोटोको प्यारेन्ट कम्पनी हो । सीएफमोटो र केटीएमको धेरै कुरामा सहकार्य छ । हस्कभर्ना ब्रान्ड केटीएमकै स्वामित्वमा रहेको छ । त्यसैगरी हालै सम्पन्न बेइजिङ मोटर शोमार्फत हस्कभर्ना ब्रान्ड चाइनिज बजारमा प्रवेश गरेको छ ।

यी सबै तथ्य हुँदाहुँदै पनि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरुलाई चाइनिज बजारमा सहज भने छैन । धेरै चाइनिज कम्पनीहरुले यसरी प्रतिष्ठित ब्रान्डका मोटरसाइकल नक्कल गरी बिक्री गरिरहेका छन् ।

पछिल्लो समयमा रोयल इन्फिल्ड हिमालयन जस्तै ह्यानवे जी३० बनेको छ । यो भन्दा पहिले देखि नै केटीएम ड्युक, पल्सर २२०एफ, बीएमडब्ल्यु एस१०००आरआर, यामाहा आर६, डुकाटी प्यानिगेल आदि बाइक दुरुस्त रुपमा नक्कल गरी चाइनिज बजारमा बिक्री भइरहेका छन् ।

यस्ता बाइकहरु प्रतिष्ठित कम्पनीका बाइक भन्दा निकै नै सस्तो मूल्यमा बिक्री भइरहेका हुन्छन् ।

सम्बन्धित समाचारहरू

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

व्याट्री महंगो भएपछि टियागो इभीको मूल्य ४ प्रतिशत सम्मले बृद्धि हुने

टाटा मोटर्सले आफ्नो कम मूल्यको इभी टियागोमा ४ प्रतिशतसम्मले मूल्य बृद्धि...

विद्युतीय सवारीमा भाडा वृद्धि लागू नहुने, नियम उल्लंघन गरे कारबाही हुने विभागको चेतावनी

विद्युतीय सवारीमा भाडा वृद्धि लागू नहुने, नियम उल्लंघन गरे कारबाही हुने विभागको चेतावनी

यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनमा हालै समायोजन गरिएको भाडा...

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया

काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...