आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण दिवसको नारा इकोसिस्टम रिस्टोरेसन रहेको छ । विश्वभर हिजो र आज औपचारिक रुपमा यस सम्बन्धी कार्यक्रम भइरहेका छन् ।

नेपालमा पनि सरकारी र गैरसरकारी क्षेत्रमा यो दिवस मनाइदै छ । वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउने विद्युतीय सवारी साधन र यसको प्रयोगको सम्बन्धमा आज नेपाल अटोले समेत नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा एक भर्चुअल अन्तरक्रियाको आयोजना गर्दैछ ।

बेलुकी ६ बजे देखि जुममार्फत हुने सो अन्तरक्रियामा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेल, नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापा, नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) का अध्यक्ष नवराज पौडेल, अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराई, इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका अध्यक्ष सुशील तण्डुकार, नासाका सदस्य दिप्रश शाक्य र इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनी सहभागी हुने छन् । सो कार्यक्रमको मोडरेटरको रुपमा नासाका उपाध्यक्ष अनिल बराल रहने छन् ।

सो अवसरमा नेपालमा विद्युतीय सवारी साधनको अवस्था, यसको प्रवद्र्धनका लागि गरिनु पर्ने आावश्यक कार्य, सवारी साधनको प्राविधिक पक्ष, विश्वमा विद्युतीय सवारी साधनको अवस्था र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका वारेमा छलफल गरिने छ ।

नेपाल अटोको फेसबुक पेजमार्फत लाइभ समेत गरिने सो अन्तरक्रियामा आवश्यक सल्लाह, सुझाव र जिज्ञासा समेत राख्न सकिने छ ।

सम्बन्धित समाचारहरू

यो दशैंमा नेपाललाई मोटरस्पोर्ट्सको उपहार : ऐतिहासिक स्वर्ण पदक

यो दशैंमा नेपाललाई मोटरस्पोर्ट्सको उपहार : ऐतिहासिक स्वर्ण पदक

दशैँमा नेपाली मोटरस्पोर्ट्सका खेलाडीहरुले एशिया प्यासिफिक...

देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरू

नासा नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल डिलर एसोसिएसनको संयुक्त...

अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी, यस्ता हुनेछन् कार्य

अटोमोबाइल क्षेत्रको इनोभेसनका लागि मोटरिङ एकेडेमी, यस्ता हुनेछन् कार्य

काठमाडौं – अटोमोबाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...