३ लाख ६२ हजार कार फिर्ता लिँदै टेस्ला, यस्तो छ कारण
टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको...
काठमाडौं – नेपाली बजारमा एनआईयूका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि–बुकिङ खोलेको छ । एनआईयू गोभाको तेस्रो भर्सन अर्थात जी०३ फोनमार्फत प्रि–बुकिङ गर्न सकिने बताइएको छ ।
एनआईयू नेपालको फेसबुक पेजमा प्रि–बुकिङको जानकारी दिइएको छ । एनआईयूका अन्य स्कुटर भन्दा यो स्कुटर अलि फरक रहेको छ । अन्य स्कुटरमा पानासोनिक ब्याट्री र बोसको मोटर रहेकोमा यसमा भने एनअईयू आफैले विकास गरेको ब्याट्री र मोटर प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
गोभा जी०३ मा ६० भोल्ट, २९ एम्पियरको लिथियम आयोन ब्याट्री रहेको छ । त्यसैगरी २ हजार ७ सय वाटको मोटर छ । स्कुटरको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
एक पटकको फुल चार्जमा यसलाई ६५ देखि ७५ किलोमिटर सम्म चलाउन सकिन्छ । ब्याट्री फुल चार्ज हुन ६ घण्टा लाग्ने बताइएको छ ।
स्कुटरको टायर पनि अन्य स्कुटरमा भन्दा फरक छ । रातो र सेतो गरी २ कलरमा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछ । निषेधाज्ञाको अवस्था अनुसार ग्राहकलाई यो स्कुटर हस्तान्तरण समेत गर्न सकिने कम्पनीको भनाइ छ ।
एनआईयू गोभा जी०३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
एनआईयूका स्कुटर नेपाली बजारमा सर्बाधिक बिक्री हुने स्कुटरमा समेत पर्छन् । नयाँ मोडलप्रति ग्राहकको प्रतिक्रिया कस्तो हुन्छ, त्यो भने भविष्यले नै बताउने छ ।
टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा,...
लक्जरी कार निर्माता रोल्स रोयसले आफ्नो पहिलो इलेक्ट्रिक कार स्पेक्टर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...