बतास फाउन्डेसनद्वारा थप ४८ लाख बराबरको कन्सन्ट्रेटर र खाद्यान्न सहयोग

काठमाडौं  - कोरोना महामारीका कारण पुर्वाधारको अभाव झेलिरहेका अस्पताललाई बतास फाउन्डेसनले सहयोग गरेको छ । दमौली अस्पताललाई १९ लाख रुपैयाँ बराबरको १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको छ । कन्सन्ट्रेटर बतासका सदस्य मोहन बतासले दमौली अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरि बतासको भगिनी संस्था बिपिएस पेट्रोलियका प्रवन्ध संचालक शिव अर्यालले देवचुलीको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभुत स्वास्थ्यचौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् ।

आइआरडब्लु नेपालको को साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय परिवारलाई खाद्यान्य वितरण गरिने बताइएको छ ।
१३ लाख रुपैयाँ बराबरको खाद्यान्य प्याकेज सहयोग गर्ने तयारी गरेको छ । प्याकेजमा २५ के जि चामल, चिनी, नुन २ के जी, तेल र सावुन रहने छन् ।

फाउन्डेसनले रसुवा जिल्लाको नौकुण्ड अस्पतालमा १२ लाख रुपैयाँ बराबरको ५० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री सहयोग गर्ने बतास फाउन्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले जानकारी दिए । कुल  करिव ४८ लाख रुपैयाँ बराबरको सहयोग गर्नेे उनले बताए ।

सम्बन्धित समाचारहरू

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा...

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

वर्षको पहिलो महिनामा भारतमा टाटा मोटर्सको सुखद सुरुवात, कारप्रेमीको रोजाइमा नेक्सन र पन्च

भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...