यस्तो हुनेछ होन्डाको नेपाल आउने सीबी ३५० डीएलएक्स मोडल, थप जानकारीका लागि फोन गर्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा चाँडै नै बहुप्रतीक्षित हाइनेस सीबी ३५० डीएलएक्स ल्याउने जानकारी दिएको छ । यसका साथै होन्डाको सो बाइकको थप विशेषता समेत सार्वजनिक गरेको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित सो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोन ३ विभिन्न रङरुमा उपलब्ध हुनेछ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकर सहित एलईडी हेडल्याम्प र टेलल्याम्प, एस्सिट एण्ड स्लिपर क्लच, डिजिटल मिटर, लामो र आरामदायी सिट आदि यस बाइकको धेरै मध्यका केही विशेषताहरु हुन् ।

थप जानकारीका लागि होन्डाको टोल फ्रि नंम्बर १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने स्याकार ट्रेडिङले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको...

होन्डाले थप्यो २ नयाँ बिग बाइक, अब नेपालमा ८ वटा मोडल उपलब्ध

होन्डाले थप्यो २ नयाँ बिग बाइक, अब नेपालमा ८ वटा मोडल उपलब्ध

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ । साइनको २०२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...