ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

काठमाडौँ – नेपाली बजारमा होन्डा बाइक र कार बिक्री–वितरण गरिरहेको ज्योति ग्रुप अन्तर्गतका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको हालको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरेको छ । सहयोगकै क्रममा क्रिएसन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर र हेल्दी नेसन फाउन्डेसनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराइएको बताएको छ ।

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पीएपीआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबीआई अर्थात नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभेयरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रति मिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

सम्बन्धित समाचारहरू

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

व्यवसायी घिमिरेको एसजी ग्रुपले चीनबाट अक्सिजनलगायतका स्वास्थ्य सामाग्री ल्याउने

मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितहरुको...

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

काठमाडौं – अखिल नेपाल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले...

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...