नयाँ जेनेरेसन एसयूभी किया स्पोर्टेजको टिजर सार्वजनिक, जुलाईमा ग्लोबल डेब्यु हुँदै

कोरियन कार निर्माता कम्पनी कियाले एसयूभी स्पोर्टेजको पाँचौ पुस्ता अर्थात फिफ्थ जेनेरेसन मोडलको टिजर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सो एसयूभी आगामी जुलाई महिनामा ग्लोबल मार्केटमा बिक्रीका लागि उपलब्ध गराइने छ । सबैभन्दा पहिले यो दक्षिण कोरियामा बिक्रीका लागि उपलब्ध गराइने छ ।

नयाँ जेनेरेसन स्पोर्टेजको डिजाइन, एक्सटेरियर र इन्टेरियर हालको मोडल भन्दा फरक रहेको छ । कम्पनीको नयाँ डिजाइन फिलोसोफी अपोजिट युनाइटेडका आधारमा यो तयार गरिएको छ, जसले यसलाई एग्रेसिभ लुक प्रदान गर्नुका साथै राम्रो डिजाइन क्यारेक्टर प्रदान गरेको छ ।

नयाँ स्पोर्टेजमा कियाले हालै सार्वजनिक गरेको नयाँ लोगो समेत राखिने छ । एसयूभीको चारैतिर बडी कभर हुने गरी मस्कुलर क्यारेक्टर लाइन दिइएको छ ।

टिजर इमेजमा देखिए अनुसार यसमा सार्प र स्लिक लुक भएको नयाँ हेडल्याम्प, फराकिलो फ्रन्ट ग्रिलका साथ बीचमा कियाको नयाँ लोगो छ । यसको साइड र रियर प्रोफाइल आकर्षक र स्पोर्टी बनाइएको छ । पछिल्लो भागमा स्लोपिङ रियर विन्डस्क्रिनका साथ युनिक एलईडी टेललाइट दिइएको छ ।

नयाँ स्पोर्टेज एसयूभको इन्टेरियर पनि आकर्षक बनाइएको छ । यसमा ड्युअल स्क्रिन ड्यासबोर्डका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।

नयाँ स्पोर्टेजमा प्रयोग हुने इन्जिनको वारेमा भने अहिले केही बताइएको छैन । यद्यपि यसको वारेमा आगामी साता जानकारी गराइने कम्पनीले बताएको छ ।

नेपाली बजारमा कियाको स्पोर्टेज एसयूभी एक जमानामा निकै लोकप्रिय थियो । हाल कियाका सेल्टोस र सोनेट लोकप्रिय छन् । अन्तर्राष्ट्रिय बजारमा लन्च भए पश्चात केही समय पछि नेपाली बजारमा पनि यो कार आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारत र इन्डोनेसियामा बनेका किया गाडी नेपालमा, यस्तो छ मूल्य सूची

भारत र इन्डोनेसियामा बनेका किया गाडी नेपालमा, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा भारत र इन्डोनेसियामा बनेका किया ब्रान्डका गाडी...

स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य

स्मार्ट फिचर र ३ नयाँ भेरिएन्ट सहित नयाँ २०२५ ‘किया सेल्टोस’ लन्च, यस्तो छ मूल्य

किया इन्डियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको २०२५ अपडेटेड मोडल लन्च...

क्र्यास टेष्टमा किया साइरोसलाई ५ स्टार रेटिङ

क्र्यास टेष्टमा किया साइरोसलाई ५ स्टार रेटिङ

कियाले हालै लन्च गरेको नयाँ सब कम्प्याक्ट एसयुभी साइरोसले क्र्यास टेष्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...