किया निरो ईभीको नयाँ मूल्य सार्वजनिक, यस्तो हुनेछ मूल्य

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने इलेक्ट्रिक कार निरो ईभीको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार निरो ईभीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । गत वर्षको बजेट भन्दा पहिले यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ थियो । पछि सरकारले भारी मात्रामा अन्तःशुल्क र कर बढाए पछि कम्पनीले नयाँ मूल्य सूची नै सार्वजनिक गरेको थिएन ।

निरो ईभीमा १५० वाटको इलेक्ट्रिक मोटर छ । पहिले १५० वाट सम्मको मोटर भएको इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार शुल्क भएकोमा हाल १५ प्रतिशत तोकिएको छ । यसले गर्दा निरो ईभीको मूल्य पनि केही बढ्न गएको कन्टिनेन्टल ट्रेडिङका असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले बताए ।

उक्त कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको उक्त कारलाई डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ ।

एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिन्छ । कुनै इलेक्ट्रिक कारले यति धेरै माइलेज दिनु निकै नै उपलब्धिमूलक हो ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार उत्पादनका लागी कियाले कोरियामा छुट्टै प्लान्ट स्थापना गर्ने

इलेक्ट्रिक कार उत्पादनका लागी कियाले कोरियामा छुट्टै प्लान्ट स्थापना गर्ने

कोरियन अटो निर्माता कियाले इलेक्ट्रिक भेहिकलको उत्पादनका लागि कोरियामा...

सेल्टोस फेसलिफ्टको सुरुवाती मूल्य १० लाख ९० हजार भारु, यस्ता छन् फिचर

सेल्टोस फेसलिफ्टको सुरुवाती मूल्य १० लाख ९० हजार भारु, यस्ता छन् फिचर

कियाले आज भारतमा आफ्नो लोकप्रिय एसयुभी सेल्टोसको फेसलिफ्ट लन्च गरेको छ ।...

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

कियाको लोकप्रिय कार सेल्टोस अब प्यानोरामिक सनरुफ सहित आउने

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले सेल्टोसको फेसलिफ्ट भर्सनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...