नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ
काठमाडौं – विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो...
प्रिमियम लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले संसारकै सबैभन्दा महंगो कार लन्च गरेको छ । सो कारको नाम २०२१ रोल्स रोयस बोट टेल राखिएको छ । यसको मूल्य २० मिलियन पाउन्ड अर्थात करिब ३ अर्ब २५ करोड रुपैयाँ जति पर्न सक्छ ।
रोचक कुरा के छ भने यो मूल्यमा रोल्स रोयसकै महंगो मानिने फ्यान्टम लिमोजिन जस्ता ४० कार खरिद गर्न सकिन्छ । कम्पनीले यसको ३ युनिट कार मात्र बनाएको छ । ती मध्ये पहिलो कार बिक्री भइसकेको छ र ती ग्राहकको नाम गोप्य राखिएको छ । यद्यपि अमेरिकाका कुनै ¥यापरले सो कार खरिद गरेको बताइन्छ ।
यो कारमा यति धेरै फिचर छन् कि ती सबै फिचरको वारेमा बताउदा लामो समय लाग्ने बताइएको छ । यो कारको पछिल्लो भागलाई बोट टेल भनिने भएकाले यसैबाट नाम राखिएको बताइन्छ । यसको आकार जे–क्लास रेसिङ याट जस्तो छ । नटिकल थिमयुक्त सो लक्जरी कारको पछिल्लो डेकलाई पिकनिक सेटमा परिवर्तन गर्न सकिन्छ । त्यसैगरी पछिल्लो भाग पुतलीको पखेटा जस्तै खुल्छ ।
रोल्स रोयस बोट टेल चार सिटयुक्त लक्जरी कार हो । यसको लम्बाई १९ फिट छ । यसमा ६.७ लिटरको पेट्रोल इन्जिन प्रयोग गरिएको छ । सो कार ५ सेकेन्डर्म ० देखि १०० किमी प्रतिघण्टा सम्मको गतिमा दौडिन सक्छ ।
लेदर फिनिस र वुडन समेत प्रयोग गरेर बनाइएको इन्टेरियर निकै नै आकर्षक छ । सो कारको निर्माण हातबाटै गर्नका लागि रोल्स रोयसका कर्मचारीलाई चार वर्ष लागेको थियो । यो कार किन्न चाहने तीन जना ग्राहक सबैले ‘आफूले पहिले कहिल्यै नदेखेको देख्न चाहेको’ बताएका थिए ।
काठमाडौं – विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो...
काठमाडौं – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा हिजो विद्युतीय सवारी साधनमा...
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...