व्यवसायीहरुमा उत्साह : बजेटले ल्यायो विद्युतीय सवारी साधनका लागि यस्ता प्याकेज

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हिजो सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनका लागि विभिन्न व्यवस्था गरेको छ । गत वर्षको बजेट पश्चात निराश बनेका व्यवसायीहरु यो बजेट पश्चात भने उत्साहित बनेका छन् ।

यस अघि विद्युतीय सवारी साधन आयातमा अन्तशुल्क पनि लगाइएको थियो । तर, अहिले अन्तशुल्क पूर्ण रुपमा खारेज गरिएको छ भने भन्सार पनि भारी मात्रामा कटौति गरिएको छ ।

आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।

सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई प्रोेत्साहन गर्ने बताएको छ । पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ ।

यसका लागि अललम्बन गरिनु पर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञ सहितको कार्यदल बनाइने छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिइने छ ।

यसअघि प्लगइन हाइब्रिड र हाइब्रिड गाडीलाई फरक दरमा अन्तःशुल्क लाग्ने व्यवस्था गरेको भएपनि अहिले दुबै गाडीमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । हाइब्रिड गाडीमा यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

आगामी आर्थिक वर्षमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने, विश्वका ठूला विद्युतीय कार उत्पादकलाई नेपाल ल्याउन पहल गर्ने, सहायक उद्योग संचालन गर्नेलाई कर सहुलियत र निःशुल्क जमिन प्रदान गर्ने भनिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले आफूहरुको माग अनुसार नै बजेट आएको प्रतिक्रिया दिएका छन् । नाडाले विद्युतीय सवारी साधनमा पहिलेकै कर प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

त्यसैगरी नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) ले पनि आर्थिक वर्ष २०७७/७८ को बजेट पूर्वकै व्यवस्था लागू गर्न सुझाव दिएको थियो । सरकारले सोही अनुसारको व्यवस्था कार्यान्वयनका लागि बजेट ल्याएको र आफूहरु यसबाट निकै उत्साहित भएको नेभाका अध्यक्ष नवराज पौडेलले बताए ।

सम्बन्धित समाचारहरू

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

वर्षातमा लामो यात्रामा निस्कदै हुनुहुन्छ ? यसरी हेर्नुस् देशभरका सडकको लाइभ अपडेट

काठमाडौं – वर्षातको मौसम प्रारम्भ भइसकेको छ । यो अवस्थामा सडक मार्गबाट एक...

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

ग्रिसमा पनि लोकप्रिय डोङफेङ बक्स, नयाँ मोडल भोया र एमहिरोको चर्चा चुलिदै

नेपाली बजारमा लोकप्रियता कमाइरहेको डोङफेङ ब्रान्डको इलेक्ट्रिक मिनी कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...