नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि ह्याचब्याक, सेडान हुँदै एसयूभी सम्म रोज्ने ग्राहकहरु नेपालमा समेत बढिरहेका छन् ।

पछिल्लो अवस्थामा टर्बो पेट्रोल इन्जिनमा उपलब्ध कार रोज्ने ग्राहक नेपालमा समेत बढ्दै गएका छन् । टर्बो इन्जिन भेरिएन्टमा टर्बोचार्ज्ड इन्जिन हुन्छ, जसले बढी पावर दिन्छ । यसले गर्दा कम क्षमताको इन्जिनले पनि बढी पावर दिने गर्छ । यसले गर्दा माइलेज पनि बढी हुन्छ ।

सामान्य रुपमा भन्दा कम मूल्यमा बढी पावरयुक्त कार रोज्ने ग्राहकका लागि टर्बो इन्जिनयुक्त कार उपयुक्त विकल्प बन्न सक्छन् । यही कुरालाई मनन गरी धेरै कार कम्पनीहरुले आफ्ना बेस्ट सेलिङ कारमा टर्बो पेट्रोल भेरिएन्ट ल्याउने गरेका छन् ।

नेपाली बजारमा उपलब्ध कम मूल्यका टर्बो पेट्रोल इन्जिनयुक्त कार यी हुन् :

स्कोडा -यापिड
स्कोडा -यापिड टीएसआई सन् २०२० मा नेपाली बजारमा उपलब्ध भएको थियो । छोटो समयमै यो नेपाली बजारमा सबैभन्दा बढी लोकप्रिय सेडान बनेको छ । टर्बो पेट्रोल इन्जिन रोज्नेहरुका लागि समेत यो उपयुक्त विकल्प बनेको छ । यसको मूल्य ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

स्कोडा -यापिडमा १.० लिटर टर्बो पेट्रोल इन्जिन छ, जसले ११० एचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य समेत निकै नै प्रतिस्पर्धी छ । स्कोडा -यापिडमा भएको टीएसआई इन्जिनले ८ पटक सम्म ‘इन्जिन अफ द इयर’ अवार्ड पाएर रेकर्ड समेत कायम गरेको छ ।

फक्सवागन पोलो
फक्सवागन पोलो टीएसआई नेपाली बजारमा २०२० मा लन्च भएको थियो । स्कोडा -यापिडमा प्रयोग गरिएकै १.० लिटर टीएसआई इन्जिन यसमा पनि प्रयोग गरिएको छ, जसले ११० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य पनि ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

निसान म्याग्नाइट
निसान म्याग्नाइट नेपाली बजारमा भित्रिएको पनि धेरै भएको छैन । यो सन् २०२१ लागे पश्चात नेपालमा भित्रिएको हो । निसान म्याग्नाइटमा भएको १.० लिटर टर्बो पेट्रोल इन्जिनले ९८ एचपी पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । निसान म्याग्नाइटको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

हुन्डाई भेन्यु
कोरियन कार निर्माता कम्पनी हुन्डाईको भेन्यु पनि नेपाली बजारमा निकै नै लोकप्रिय छ । हुन्डाई भेन्युको १.० लिटर कप्पा पेट्रोलमा टर्बो भेरिएन्टको इन्जिन छ । यसमा भएको इन्जिनले ११८ एचपी पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

नेपाली बजारमा अन्य ब्रान्डका समेत टर्बो इन्जिनयुक्त कार उपलब्ध भए पनि मूल्यका आधारमा यी चार ब्रान्ड र मोडल चर्चित छन् ।

सम्बन्धित समाचारहरू

‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचरबाट सुसज्जित हुन्डाई एक्सटर, यी हुन १८ नयाँ फिचर

‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचरबाट सुसज्जित हुन्डाई एक्सटर, यी हुन १८ नयाँ फिचर

हुन्डाईले सोमबार भारतीय बजारमा आफ्नो सानो एसयुभी एक्स्टर लन्च गरेको छ ।...

परिक्षणका क्रममा देखियो क्रेटा ईभी, छिटै बजारमा आउने अनुमान

परिक्षणका क्रममा देखियो क्रेटा ईभी, छिटै बजारमा आउने अनुमान

काठमाडौं– हुन्डाईले आफ्नो सर्बाधिक सफल मिड साइज एसयुभी क्रेटाको ईभी भर्सन...

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले सीईएस २०२४ मा सार्वजनिक ग-यो इलेक्ट्रिक एयर ट्याक्सी

हुन्डाईले आफ्नो नयाँ एयर ट्याक्सी मोडलको प्रोटोटाइप एस–ए२ संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...