सुजुकी बर्गम्यान स्कुटर अब नयाँ कलर सहित नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले आफ्ना स्कुटर सेग्मेन्टमा धेरै बिक्री गर्दै आएको बर्गम्यान म्याक्सी स्कुटर निषेधाज्ञाको अवधिमा नयाँ कलर र भेरिएन्टमा आयात गरेको छ । बर्गम्यान स्कुटर म्याट ब्ल्याक, साइनिङ ब्ल्याक, ग्रे र ह्वाइट गरी ४ कलरमा उपलब्ध थियो भने अब ब्लु र रेड कलर थप भई ६ कलर भेरिएन्ट भएको छ ।

बर्गम्यान एक फरकपन भएको म्याक्सी स्कुटर हो । यसमा १२५ सीसी क्षमताको एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ । फुल डिजिटल ड्यासबोर्ड र एलईडी हेडल्याम्पले यसको आकर्षण बढाएको छ । २२ लिटर बराबर क्षमताको स्टोरेज क्षमता रहेको बर्गम्यान स्कुटरमा मोबाइल चार्जिङ्ग प्वाइन्ट तथा इलेक्ट्रिक र किक स्टार्ट सुबिधा रहेको छ ।

ग्राहकलाई राइडिङ पोजिसनमा सहज होस् भनेर अगाडि टेलिस्कोप सक जडान गरिएको छ भने इजी लेग पोजिसन समेत रहेको छ । जापानिज ब्रान्डको सो स्कुटरमा ५ बर्ष सम्मको इन्जिन वारेन्टी सुबिधा उपलब्ध छ ।

भीजी सुजुकीले निषेधाज्ञा खुल्ना साथ आफ्नो नयाँ र सर्वाधिक बिक्री हुने यो स्कुटरको कलर भेरिएन्ट सहित नेपालभरका ७२ वटा सोरुम बाट एक साथ बिक्री बितरण गरिने जनाएको छ ।

कम्पनीले हालको निषेधाज्ञाको अवधिमा पनि कोभिडको सामना गर्नको निमित्त खटिएका स्वास्थ्यकर्मी तथा अन्य फ्रन्टलाइनरहरुको आवश्यकतालाई मध्यनजर गर्दै सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाएर बाइक वा स्कुटर उपलब्ध गराउन सकिने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

खुल्यो बीएस६ सुजुकी बर्गम्यान स्ट्रिटको प्रि–बुकिङ, ईसेवाबाट गर्दा १२ हजार सम्म छुट

खुल्यो बीएस६ सुजुकी बर्गम्यान स्ट्रिटको प्रि–बुकिङ, ईसेवाबाट गर्दा १२ हजार सम्म छुट

काठमाडौं – नेपाली बजारमा सुजुकीको बीएस६ बर्गम्यान स्ट्रिट स्कुटर उपलब्ध...

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

नेपालभरका शोरुमबाट सुजुकीले शुरु ग-यो जिम्नीको डेलिभरी

काठमाडौं – नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको...

एड्भेन्चर प्रेमीका लागि खुसीको कुरा, सुजुकीले नयाँ टुरिङ बाइक ल्याउने तयारी गर्दै

एड्भेन्चर प्रेमीका लागि खुसीको कुरा, सुजुकीले नयाँ टुरिङ बाइक ल्याउने तयारी गर्दै

सुजुकीले ठूलो इन्जिन भएको एड्भेन्चर टुरिङ बाइक भारतीय बजारमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...