आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप कार्य गरिरहेको छ । कम्पनीले आगामी दिनमा बजारमा उतार्ने तयारी गरिरहेका बाइकका केही स्पाई तस्बिरहरु लगातार रुपमा भाइरल बनिरहेका छन् ।

यसै सन्दर्भमा हालै कम्पनीको नयाँ आउने बाइक आरसी ३९० को एक तस्बिर सार्वजनिक भएको छ । यसमा बाइकको साइड प्रोफाइल कुनै कभर बिनै देख्न सकिन्छ । केटीएमले नयाँ जेनेरेसन आरसी १२५, २०० र ३९० लाई यो वर्षको अन्त्य सम्ममा अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

हाल सार्वजनिक तस्बिरका आधारमा नयाँ आरसी ३९० को वारेमा धेरै अनुमान लगाउन सकिन्छ । आरसी ३९० खासगरी केटीएम ड्युक ३९० नेकेड स्पोर्ट्स मोटरसाइकलको फेयर्ड भर्सन हो ।

तस्बिर हेर्दा यो कम्पनीको प्रोडक्सन भर्सन नै हो जस्तो लाग्छ । यसको लुक अहिलेको मोडल जस्तो सार्प र स्लिक भने देखिदैन । यसको हेडल्याम्प र फ्रन्ट भाइजर केही लामो राखिएको छ । इन्धन ट्यांकी पहिले भन्दा केही गोलो छ । त्यसैगरी फेयरिङको डिजाइन बिल्कुलै नयाँ छ ।

नयाँ जेनेरेसन मोडलमा स्प्लिट सिट डिजाइनका साथै स्प्लिट पिलियन ग्रयाब रेल छ भने एलईडी टेललाइटमा एक नयाँ डिजाइन छ । अरु कुरा यथावत छन् भने दुवै पांग्रामा डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस पनि हुनेछ ।

बाइकमा नयाँ अपडेटको रुपमा नयाँ च्यासिस, अलोय ह्विल, ठूलो डिस्क ब्रेक, नयाँ ईसीयू, राम्रो कुलिङ सिस्टम आदि हुनेछ ।

हाल बजारमा उपलब्ध केटीएम आरसी ३९० मा ३७३.३ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ४३ बीएचपी पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ । यो ६–स्पिड ट्रान्समिसनका साथ उपलब्ध छ र स्लिपर तथा असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा उपलब्ध छ । यसको पावरट्रेनमा भने कुनै परिवर्तन नहुने बताइएको छ ।

हाल नेपाली बजारमा उपलब्ध केटीएम आरसी ३९० को मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा लन्च भए पश्चात केही समय पछि नयाँ जेनेरेसनको बाइक नेपालमा पनि आउने सम्भावना हुन्छ । यसको प्रतिस्पर्धा टीभीएस अपाचे आरआर ३१० बाइकसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

कलर टिएफटी डिस्प्लेसहित अपडेट भएर आयो केटीएम आरसी २००

केटीएमले आरसी २०० को नयाँ संस्करणमा केही फिचर अपडेट गरेको छ । आरसी २०० को...

 २०२६ केटीएम २०० ड्युक लन्च, ठुलो फ्रन्ट ब्रेक र नयाँ ह्विलसहित अपडेट

 २०२६ केटीएम २०० ड्युक लन्च, ठुलो फ्रन्ट ब्रेक र नयाँ ह्विलसहित अपडेट

केटीएम इन्डियाले भारतीय बजारमा २०२६ संस्करणको केटीएम २०० ड्युक आधिकारिक...

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

हस्कभर्ना भिटपिलेन ७०१ स्पेसल एडिसन सार्वजनिक

स्वीडेनको टु ह्वील निर्माता कम्पनी हस्कभर्ना मोटरसाइकलले इटालीको चर्चित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...