सोमबारबाट जोरबिजोर प्रणाली हटाइने
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा...
काठमाडौं - अब मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम पालना नगर्ने दुई तथा चार पाङ्ग्रे सवारी साधनलाई पाँच हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।सरकारले निषेध गरेको समयमा कामबिना बाहिर हिंड्नेलाई हरेकपटक दुई सय रुपैयाँसम्म जरिवाना हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गर्दै यी वाहेक अन्य विभिन्न कारवाहीको वारेमा जानकारी दिएको छ । सूचनाअनुसार, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गरिने भएको छ।
सरकारले कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थितरूपमा संचालन गर्न अध्यादेश नै जारी गरेको छ। सोही अध्यादेशलाई प्रशासनले कार्यान्वयनमा ल्याएको हो। अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र त्यसो गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
सूचनामा उल्लेख भएअनुसार अध्यादेशबमोजिम जारी भएको मापदण्डको पालना सबैले गर्नुपर्ने बताइएको छ। पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ। कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ।
साथै, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिबिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाउने पाइने छैन। चलाएमा पटकैपिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन्।
सवारीसाधनलाई सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा समेत लिने सक्नेछन्। अध्यादेशविपरीतको काम गर्ने संस्था वा व्यवसायलाई उल्लेखित सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्ने छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा...
काठमाडौं – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको...
वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...