वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक भर्सनमा लन्च गर्ने तयारी गरिरहेको छ । वागनआर मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार हुनेछ, जसलाई कम्पनीले आफ्नो फेसबुक पेजमा समेत सेयर गरेको छ ।

वागनआरको सीएनजी र पेट्रोल भेरिएन्ट जस्तै यसको इलेक्ट्रिक भर्सन पनि हुनेछ । मारुतीले यसको फ्रन्ट र रियर साइडमा ब्रान्डिङ गरेको छ । यो भन्दा पहिले गुरुग्राममा यसको परीक्षण पनि देखिएको थियो ।

भारतमा सो इलेक्ट्रिक ह्याचब्याकको मूल्य करिव ९ लाख भारुको हाराहारी हुने अनुमान गरिएको छ । मारुतीले यो पछि अन्य सेडान र ह्याचब्याकलाई पनि इलेक्ट्रिक भर्सनमा लन्च गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार सो इलेक्ट्रिक कारले एक पटकको फुल चार्जमा २ सय किलोमिटर भन्दा धेरै दुरी तय गर्न सक्छ । यो ड्राइभिङ रेन्जका साथ वागनआर ईभी उपयुक्त सिटी इलेक्ट्रिक कार बन्न सक्ने छ ।

स्ट्यान्डर्ड चार्जरको सहयोगले यसलाई फुल चार्ज गर्दा करिव ७ घण्टा लाग्ने छ भने फास्ट चार्जरबाट गर्दा एक घण्टामै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगर – जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक...

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

इसुजु डी–म्याक्स पिकअप पनि अब इलेक्ट्रिकमा, कन्सेप्ट सार्वजनिक

आगामी साता देखि थाइल्यान्डमा शुरु हुने बैंकक इन्टरनेसनल अटो शोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...